२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातवटै प्रदेशमा पर्यटन प्रवद्र्धन गरिने: मन्त्री अधिकारी

२८ चैत्र २०७४, बुधबार ११:३७

चैत २८ पोखरा | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताउनुभएको छ । 

पश्चिमाञ्चल होटल संघद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव वर्ष महोत्सवको आज उद्घाटन गर्दै उहाँले पर्यटन विकासका लागि प्रदेश, स्थानीय तह र निजी क्षेत्रको भूमिका अपरिहार्य रहने बताउनुभयो । 

उहाँले भन्नुभयो – “इमान्दार भएर पर्यटन व्यवसायीले राज्यलाई राजश्व तिरिदिनोस्, अन्य जिम्मेवारी सरकारले लिन्छ ।” 

संख्याको हिसाबमा भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो । 

भैरहवा, निजगढ, नेपालगञ्ज, जनकपुरलगायतका विमानस्थलहरूको धावनमार्ग बढाएर भारतका विभिन्न शहरसँग सोझै हवाई सम्पर्क कायम गर्न पहल भइरहेको जानकारी पनि उहाँले दिनुभयो । 

प्रदेश नं ४ का पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रादेशिक सरकारले निकट भविष्यमा ल्याउने नीति, कार्यक्रम तथा बजेटमा पर्यटन विकासलाई जोड दिइने बताउनुभयो । 

आजदेखि २०७५ वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३० वटा स्टल राखिएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की