२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीबाट सिमा पार गराउन लगिएका १०० जनाभन्दा बढीको उद्धार

२०७५, ५ बैशाख बुधबार ०३:०४

वैशाख ५, बैतडी (रासस) | चालू आर्थिक वर्ष २०७४/०७५ को नौ महिनाको अवधिमा नेपाल—भारत सीमानाका झुलाघाटबाट १०० जनाभन्दा बढीको उद्धार गरिएको छ । 

सीमा प्रहरी चौकी, झुलाघाटले दिएको जानकारीअनुसार उद्धार गरिनेमा सबैभन्दा बढी बालक रहेका छन् । गत साउनदेखि चैत महिना मसान्तसम्म ५६ बालक, २५ किशोर, पुरुष नौ, किशोरी छ, बालिका पाँच र पाँच महिला गरी १०६ जनाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेयले जानकारी दिनुभयो । उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशारी बढी रहेका छन् । 

अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहैलहैमा लागेर पनि भागेर जाने गरेका प्रहरीले जनाएको छ । यस्तै, घरको आर्थिक अवस्था कमजोर भएका बालबालिका पनि बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको बताइएको छ । १२ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थी कोही घरपरिवारको स्वीकृति लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेका प्रहरीले जनाएको छ । 

यस्तै, चालू आवमा उमेर नपुगी बिहे गरेर भागेर भारत जाने जोडीको समेत उद्धार गरिएको जनाइएको छ । प्रदेश नं ७ सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिक सिमानाका झुलाघाट हुँदै भारत जाने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा