२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

एचआइभी परीक्षण गर्नै मान्दैनन् तेह्रथुमका सर्वसाधारण

५ बैशाख २०७५, बुधबार ०८:०६

प्रकाश धौलाकोटी/वैशाख ५, तेह्रथुम | जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे÷नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । 

जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेको जिल्ला अस्पतालसहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ । 

त्यसबाहेक हालैमात्र जिल्ला जनस्वास्थ्य कार्यालयको निर्देशनबमोजिम सबै स्वास्थ्य संस्थामा एचआइभी भए÷नभएको परीक्षण गर्न गर्न थालेपनि जिल्लाका स्वास्थ्य संस्थामा आउने बिरामीले परीक्षण गर्नै नमान्ने गरेका जिल्ला जनस्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । “एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिएर होला, कसैले पनि परीक्षण गर्न मान्दैनन् ।” उहाँले भन्नुभयो, लाज, डर र त्रासका कारण परीक्षण गराउन नमान्ने गरेका होलान । ” 

जिल्लामा गर्भवती महिलाको भने अनिवार्य एचआइभी परीक्षण हुने गरेको छ । अन्य व्यक्तिमा भने शंका लागेमामात्र परीक्षण गर्ने गरिएको छ । कार्यालयले हालै शुरु गरेको सेवाबाट विशेषगरी गर्भवती महिलामा एचआइभी भाइरस पोजेटिभ रहे÷नरहेको प्रारम्भिक जानकारी हुनेछ । सो सुविधा जिल्ला अस्पतालसहित ३२ वटै स्वास्थ्य चौकीमा शुरु भएको डा शाहले बताउनुभयो । जिल्ला अस्पतालको ल्याबमा हरेक दिन सयौँ बिरामी आउँछन् । 

धेरैजना बिरामीको रगत परीक्षण भइरहेको हुन्छ तर ती बिरामीको रगत परीक्षण गर्दा एचआइभी परीक्षण गर्न सुझाव दिए परीक्षण नै गर्न नमान्ने गरेका कार्यालयका सूचना अधिकारी लभरेञ्ज शाहले बताउनुभयो । एचआइभीको भाइरसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा क्रमशः ह्रास ल्याउँदै मृत्युसम्म पुर्याउन सक्छ । यसको संक्रमणबाट जीवनभर मुक्त हुन सकिँदैन तर प्रारम्भिक अवस्थामै रोग पत्ता लगाई रोकथामका उपाय अपनाउन सके केही समयसम्म सहजै बाँच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । यो भाइरसबारे सर्वसाधारणमा चेतना नभएका कारण यस्तो भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा शाहले बताउनुभयो । 

यो रोगबारे चेतना वृद्धि गर्न सरकारले वर्षेनी करोडौँ रुपैयाँ लगानी गरिरहे पनि त्यो लगानी नागरिकको तहसम्म पुग्न सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा ४६४ जनाले एचआइभी परीक्षण गराएका छन् । 

यो संख्या आव २०७२÷७३ मा १०९ मात्रै थियो । जिल्लामा अहिले नागरिकलाई त्यस्तो रोगको संक्रमणबाट बचाउन चेतनामुलक कार्यक्रम थालिएको डा शाहले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हाल जिल्लामा पाँचजना एचआइभी रोगी छन् तर एचआइभी रोगीले सेवन गर्ने औषधि भने जिल्लामा पाइँदैन । 

जिल्लाका बिरामीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एआरटी सेवन गर्दै आएका कार्यालयका पोषण तथा एचआइभी कार्यक्रमका स्रोत व्यक्ति जितेन्द्र श्रेष्ठले बताउनुभयो । 

जिल्ला अस्पतालमा यौन रोगीलाई परामर्शका लागि छुट्टै कक्ष अर्थात् भिसिटी सेन्टरको व्यवस्था गरिएको छ । अस्पतालमा आउने यौन रोगीमा गरिएको परीक्षणबाट रोग पत्ता लागेकासंग परामर्श गरी औषधि सेवनका लागि पठाइने गरिएको छ तर यौन रोग लागेर परामर्शका लागि आउने बिरामीमध्ये धेरैले परीक्षण गर्नै नमान्ने गरेको उहाँले बताउनुभयो । 

परीक्षण गर्दा एचआइभी पोजेटिभ देखिए सार्वजनिक हुने त्रासका कारण कमैले मात्र परीक्षण गर्न सहमति दिने गरेको स्रोत व्यक्ति श्रेष्ठको दाबी थियो । एचआइभी रोगीलाई औषधि सेवनका लागि सहज होस् भन्ने ध्येयले सरकारले त्रैमासिक रुपमा रु दुई हजार सहयोग गर्दै आएको छ । 

नेपालमा सन् १९८८ देखि देखिएको एचआइभीबाट हाल ५० हजार २८८ जना संक्रमित छन् । विशेषगरी रगतको माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले यो रोगको संक्रमण असुरक्षित यौन सम्पर्कबाट फैलिने गरेको चिकित्सक बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान