२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको एक वडा कार्यालयमा लगाएको तालाबन्दी खुल्यो

२०७५, ५ बैशाख बुधबार १०:२८

वैशाख ५ बैतडी | बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत आठ दिनदेखि गरिएको तालाबन्दी आज खोलिएको छ । 

सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए । 

साबिकको हटैराज गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले अबउपरान्त योजना निर्माणका काममा बाधा नपुर्याउने तथा निर्माणका काम सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष कलशबहादुर चन्दले जानकारी दिनुभयो । 

सर्वपक्षीय तथा सर्वदलीय उक्त बैठकले स्थानीयवासीले राखेको मागको सम्बोधन गर्ने गरी सहमति भएको जनाएको छ । यसअघि गत चैत २७ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गर्नाका साथै विकास निर्माणका काममा समेत उनीहरुले अवरोध पुर्याएका थिए । 

सुर्नया–१ हटैराजमा क्रियाशील राजनीतिक दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका प्रतिनिधिद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा वडाध्यक्ष कलशबहादुर चन्दले निर्णय एकलौटी गरेको आरोप लगाएका थिए । यता वडाध्यक्ष चन्दले भने वडा र गाउँसभाबाटै पारित भएका योजनालाई कार्यान्वयन गरिरहेको बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा