२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

वन डढेलो नियन्त्रण सचेतना कार्यक्रम

२०७५, ७ बैशाख शुक्रबार १५:१५

वैशाख ७, नवलपरासी | गर्मी याम लागेसँगै हुन सक्ने वन डढेलो रोक्नको लागी वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम आज कावासोतिमा सम्पन्न भएको छ ।  

जिल्ला वन कार्यालय नवलपरासीको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतिले एक दिने कार्यक्रमको आयोजना गरी वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना प्रशिक्षण प्रदान गरेको छ ।

विभिन्न ५ स्थानमा गर्ने कार्यक्रम अन्तर्गत आज कावासोतिमा भएको कार्यक्रममा कावासोति क्षेत्रको तिनवटा सामुदायीक वनका उपभोक्ता समीतिहरुको सहभागिता रहेको कार्यक्रममा रेडक्रस उपशाखा कावासोतिका उपाध्यक्ष वेद प्रसाद न्यौपाने तथा सेक्टर वन कार्यालयका फरेस्टर हेमन्त यादवले सहजीकरण तथा प्रशिक्षण दिनुभएको थियो ।

सिंह निवास सामुदायीक वन, शिव सामुदायीक वन तथा मनकामना सामुदायीक वन उपभोक्ता समीतिका ३० जना सहभागि कार्यक्र्रममा वन डढेलो लाग्नुपुर्व डढेलो रोकथाम गर्ने उपाय र डढेलो लागीसकेपछि विपद व्यवस्थापन गर्ने उपायको बारेमा प्रशिक्षण प्रदान गरीएको थियो ।

नेपाल रेडक्रस सोसाइटि उपशाखा कावासोतिका सभापति ऋषीराम कडेलको सभापतित्वमा भएको कार्यक्रममा सदस्य खगिसरा गुरुङको स्वागत मन्तव्य रहेको थियो ।

नेपाल रेडक्रस उपशाखा कावासोतिका पुर्व सभापति योग प्रसाद शर्मा रिजालकोको धन्यवाद मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य अमृता सिग्देलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै