५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङको मौलिक तिर पर्व सकियो

१० बैशाख २०७५, सोमबार ०४:१६

नवीन लामिछाने | वैशाख १०, मनाङ (रासस) | मनाङमा हरेक वर्ष नयाँ वर्षमा मनाङ्गेले मनाउने तिर पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । 

हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ मनाङ र नार्पाभूमि गाउँपालिकाको नारगाउँमा मेथाअर्थात् तिर पर्व धुमधामका साथ मनाइएको छ । परापूर्वकालदेखि चलिआएको यो मौलिक पर्वलाई जीवितै राख्नको लागि मनाङका स्थानीयले हरेक वर्ष नयाँपनका साथ मेथा ध्वाज्याङअर्थात् (तिर) पर्व मनाउने गर्दछन् । 

मेथा पर्व गाउँभरिका युवा, वृद्ध सबै एकै ठाउँमा भेला भएर एक सातासम्म मनाउने यो पर्व पछिल्लो समय पाँच दिनसम्म मनाउने गर्दछन् । बुधबारबाट शुरु भएको तिर पर्व आइतबार सकिएको हो । 

गाउँको कृषि उत्पादनमा सहयोग पुर्याउने, राक्षस प्रवेश नगर्ने, झैझगडा नभई शान्ति फैलियोस् भन्दै सबै गाउँलेले एकापसमा माया, सद्भाव र एकता बढाउने कामनाका साथ यो पर्व मनाइने गरिएको नासोङ गाउँपालिकाका प्रमुख चन्द्र घले बताउनुभयो । 

तिर हान्ने पर्वमा दुई पक्षबीच प्रतिस्पर्धा हुन्छ । केही दशक अघिसम्म पर्वको अन्तिम दिनमा स्थानीयले एउटा केटा र एउटा केटीको राक्षस अंकित प्रतिमा बनाउने गरेको र सोही राक्षसको प्रतिमालाई लक्षित गरी तिर हान्ने र मार्ने गरेको प्रमुख घलेले बताउनुभयो । पहिले जसले राक्षसलाई अन्त्य गर्दछ उही व्यक्ति समुदायमा वर्ष पुरुष मान्ने गरिन्थ्यो । उहाँ भन्नुहुन्छ, “हिजोआज पुराना चलनलाई केही नयाँपन दिएर तिर पर्व मनाउन थालिएको छ ।” 

स्थानीयले पर्वको खुसियालीमा मीठामीठा परिकार खाने, विजेतालाई पैसा उठाएर पुरस्कार दिने र नाचगान गरी रमाइलो गर्ने गरेको स्थानीय विनोद गुरुङले बताउनुभयो । पर्वमा रौनकता दिनका लागि आफ्नै सांस्कृतिक वेषभूषासहित स्थानीय सहभागी हुने गर्दछन् । गुरुङ भन्नुहुन्छ, “वेषभूषासहित हातमा वाण लिएर तिर हान्दा निकै रमाइलो हुने गर्दछ । हिजोआज स्थानीयले मेथा पर्वलाई पर्यटनसँग जोड्न थालेका छन् । पदमार्गमा आएका पर्यटकलाई पनि पर्वमा सहभागी गराउने गर्दछन् । मनाङ हुँदै अन्नपूर्ण चक्रिय पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटक पनि यस पर्वमा सहभागी भई मनोरञ्जन लिने गर्दछन् । 

मेथा ध्वाज्याङ पर्व मनाङका चार वटै गाउँपालिका नेस्याङ, चामे, नारपाभुमी र नासोङमा फरकफरक शैलीमा मनाउने चलन छ । मनाङमा मेथा पर्व पछि घोडा जात्रा, आङुमुदे जात्रालगायतका विभिन्न प्रकारका जात्रा मनाइने गरिन्छ । 

मनाङमा तिर पर्व (ध्वाज्याङ) को रनक हिउँद सकिएर बर्खा लागेको संकेत परम्परागत पोषाकमा सजिएर तिर प्रहार गरेपछि सुख शान्ति र समृद्धि हुने धार्मिक मान्यता रहेको छ । जिल्लाभरि नै ध्वाज्याङअर्थात् तिर पर्वको रनक चलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट