२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

वृद्धभत्ताको नाममा वृद्धवृद्धालाई सास्ती भएको गुनासो

१० बैशाख २०७५, सोमबार ०७:३७

बालाराम खड्का/वैशाख १० दाङ | पछिल्लो समयमा सरकारले यहाँका ज्येष्ठ नागरिकलाई बैंकिङ प्रणालीअनुसार सामाजिक सुरक्षा भत्ता दिने निर्णयले आफूहरुलाई निकै सास्ती हुने गरेको वृद्धवृद्धाको गुनासो छ । 

अशक्तलाई दिने सामाजिक सुरक्षा भत्ता पायक पर्ने स्थानमा दिनुपर्ने भए पनि यहाँ भने यस्तो सहज हुन नसकेको उनीहरुको भनाइ छ । “मलाई त बैंकले वृद्ध भत्ता दिएन, के के मिलेन मिलाएर आउनुस् भनेर यहाँ पठायो, कात्तिकमा भने यही परिचयपत्रबाटै चार महिनाको वृद्धभत्ता बुझेको थिए” आइतबार उपमहानगरपालिकामा आउनुभएका तुलसीपुर–१ का ७५ वर्षीय छविलाल खनालले बगेका पसिना पुछ्दै भन्नुभयो । 

उहाँसँग उमेर खुलेको र नागरिकता नम्बरसमेत उल्लेख भएको परिचयपत्र थियो । कस्तो सरकार हो, यो, हाम्लाई वडामै भत्ता दिए कति धर्म हन्थ्यो’, उहाँले भन्नुभयो । “सामाजिक सुरक्षा भत्ताले निकै हैरानी बनायो, बैंकमा धाउन लागेको एक हप्ता भयो कहिले के पुगेन भन्नुहुन्छ कहिले के, आज फेरि नगरपालिकामा पठाउनुभयो”, अर्का बयोवृद्ध थलबहादुर वलीले भन्नुभयो । 

उहाँहरु जस्तै यहाँका करीब चार हजार वृद्धवृद्धाले यसरी नै बैंकमा लाम लागेर वृद्ध भत्ता लिँदै आएका छन् । 

अधिकांशलाई कहिले के मिलेन, कहिले सफ्टवेयर (कम्युटरले काम गरेन भन्दै फेरि मिलाउन बैंकले उपमहानगरपालिकाको कार्यालय पठाउने गरेको छ । यस्तो समस्या लिएर दर्जनभन्दा बढी व्यक्ति उपमहानगरपालिका धाइरहेको अवस्था छ । 

तुलसीपुर उपमहानगरपालिकामा तीन हजार ९७२ ज्येष्ठ नागरिक र अन्य गरी १३ हजार ८९० जनाले भत्ता लिने गरेका थिए । पहिले वडाबाट लिँदै आएको सामाजिक सुरक्षा भत्ता पछिल्लो समयमा बैंकबाट दिन थालेपछि ज्येष्ठ नागरिक तथा अन्य व्यक्तिलाई निकै हैरानी खेप्नुपरेको बंैकको लाममा बस्दै आएका वृद्धवृद्धाले बताए । 

सबै स्थानीय निकायमा बैंक नहुँदा उनीहरुले तुलसीपुरमै आएर बैंकबाट सामाजिक सुरक्षा भत्ता लिनुपर्ने अवस्था रहेको उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताउनुभयो । “बैंकमा भीड हुने गर्छ हामीजस्ता वुद्धवृद्धालाई सामाजिक भत्ता वडामै व्यवस्था गरेको भए राम्रो हुने थियो हामीहरुले निकै सास्ती खेप्नुपरेको छ”, स्थानीय मदिसरा खनालले भन्नुभयो । उहाँ जस्तै अशक्त बिरामी, वृद्धवृद्धालाई भने निकै समस्या हुने गरेको छ । “बिहानै भत्ता लिन आएका हौँ, अहिलेसम्म पालो आएको छैन यो सामाजिक सुरक्षा भत्ताले असुरक्षा गराएको छ”, तुलसीपुर–३ की कलिसरा पुनले भन्नुभयो । 

तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समयमा विभिन्न १७ वटा बैंकबाट विभिन्न वडाका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । त्यसैगरी अन्य साविकका गाविसबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता पनि बैंकिङ प्रणालीबाट दिने भएपछि आफूहरुले हैरानी खेप्नुपरेको गाउँपालिकाबाट आएका वृद्धवृद्धाले बताएका छन् । घर आँगनमा बुझ्ने गरेको भत्ता बैंकबाट दिने नाममा सरकारले आफूहरुलाई दुःख दिएको दंगीशरण–२ का शालिकराम भण्डारीले बताउनुभयो । 

बैंंक प्रणालीबाट भत्ता वितरणका लागि फाराम भर्न वडा कार्यालयमा आएका अधिकांश ज्येष्ठ नागरिकले सरकारको यो कदमले आफूहरुलाई दुःख भएको बताएका थिए । 

त्यस्तै कति ज्येष्ठ नागरिकले त खाता खोल्ने प्रक्रिया पूरा गर्न नसकेका कारण सामाजिक सुरक्षा बुझ्नबाट वञ्चित हुनुपरेको दंगीशरण गाउँपालिका वडा नं २ का कर्मचारी देवीराम कुसारीले जानकारी दिनुभयो । “खाता सञ्चालनका लागि आवश्यक पर्ने कागजात जुटाउन नै समस्या भएको र कैयन ज्येष्ठ नागरिकले फोटो र फोटोकपी भनेकै थाहा नपाउने भएका कारण पनि बैंकका लागि खाता सञ्चालन गर्न समस्या भएको उहाँको भनाइ थियो । 

तुलसीपुर उपमहानगरपालिका पञ्जीकाधिकारी ध्रुव रेग्मीले पछिल्लो समयमा सरकारले सम्बन्धित वडाबाट वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीअनुसार वितरण गर्दा केही समस्या भएको स्विकार्नुभयो । 

उहाँले कानूनी व्यवधानले गर्दा बैंकमा खाता खोल्नुपर्ने र अन्य कागजात आवश्यक पर्ने भएकाले यस्तो असहजता वृद्धवृद्धामा पर्न गएको हो भन्नुभयो । “पहिले गाउँमा सामाजिक सुरक्षा भत्ता दिँदा सजिलो पनि थियो र दुरुपयोग पनि भएको थियो, हाल भने असजिलो छ तर दुरुपयोग रोकिएको छ त्यति नै फरक हो”, रेग्मीले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो