२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा तार्केश्वर महोत्सव हुने

२०७५, १० बैशाख सोमबार ०८:११

वैशाख १० नुवाकोट | ‘एक घर एक व्यापार, तार्केश्वर समृद्धिको आधार’ मूल नारासहित ‘प्रथम तार्केश्वर महोत्सव’ हुने भएको छ । 

तार्केश्वर गाउँपालिकाको सहयोगमा छारमेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाको संयुक्त आयोजनामा यही वैशाख १७ देखि १९ गतेसम्म तार्केश्वर गाउँपालिका–१ दाङसिङको फलाँटेमा महोत्सव आयोजना गरिएको हो । 

गाउँपालिकामा रहेका मौलिक संस्कृति, धार्मिक परम्परा, सांस्कृतिक सम्पदा, पर्यटकीयस्थलको अवलोकन, कृषि उब्जनी, तामाङ वेशभूषालगायतको प्रचारप्रसार गरी यहाँको सम्भावना उजागर गर्न महोत्सव गर्न लागिएको आज विदुरमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष रमेश वस्तीले जानकारी दिनुभयो । 

महोत्सवमा तार्केश्वरभित्र पर्ने दाङसिङको छाङा झरना, फिर्केपकोट, जन्तरेकोगढीडाँडा, बुधसिङडाँडा, विभिन्न स्थानमा रहेका आधादर्जन गुफा, काफलपानी भञ्ज्याङ र लाङटाङ हिमालको प्रत्यक्ष अवलोकन गराउने व्यवस्था मिलाउन लागिएको छ । 

महोत्सवमा ५० वटा स्टल रहने र ५० हजारभन्दा बढी दर्शक भित्रने अपेक्षा राखिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो । तीन दिनसम्म चल्ने महोत्सवमा रु ५० लाखको कारोबार गर्ने लक्ष्य राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी