२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा तार्केश्वर महोत्सव हुने

१० बैशाख २०७५, सोमबार ०८:११

वैशाख १० नुवाकोट | ‘एक घर एक व्यापार, तार्केश्वर समृद्धिको आधार’ मूल नारासहित ‘प्रथम तार्केश्वर महोत्सव’ हुने भएको छ । 

तार्केश्वर गाउँपालिकाको सहयोगमा छारमेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाको संयुक्त आयोजनामा यही वैशाख १७ देखि १९ गतेसम्म तार्केश्वर गाउँपालिका–१ दाङसिङको फलाँटेमा महोत्सव आयोजना गरिएको हो । 

गाउँपालिकामा रहेका मौलिक संस्कृति, धार्मिक परम्परा, सांस्कृतिक सम्पदा, पर्यटकीयस्थलको अवलोकन, कृषि उब्जनी, तामाङ वेशभूषालगायतको प्रचारप्रसार गरी यहाँको सम्भावना उजागर गर्न महोत्सव गर्न लागिएको आज विदुरमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष रमेश वस्तीले जानकारी दिनुभयो । 

महोत्सवमा तार्केश्वरभित्र पर्ने दाङसिङको छाङा झरना, फिर्केपकोट, जन्तरेकोगढीडाँडा, बुधसिङडाँडा, विभिन्न स्थानमा रहेका आधादर्जन गुफा, काफलपानी भञ्ज्याङ र लाङटाङ हिमालको प्रत्यक्ष अवलोकन गराउने व्यवस्था मिलाउन लागिएको छ । 

महोत्सवमा ५० वटा स्टल रहने र ५० हजारभन्दा बढी दर्शक भित्रने अपेक्षा राखिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो । तीन दिनसम्म चल्ने महोत्सवमा रु ५० लाखको कारोबार गर्ने लक्ष्य राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य