२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दश कन्याको बेलविवाह

१५ बैशाख २०७५, शनिबार ०७:२७

वैशाख १५, बागलुङ | नेवारी परम्परानुसार यहाँका दश कन्याको सामूहिक बेलविवाह (इहीयज्ञ) शुक्रबार सम्पन्न भएको छ । 

बिहीबार शुरु भएको यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ गरेका थिए । नेवार जातिमा बालिका रजस्वला नहुँदै बेलसँग विवाह गर्ने प्रचलन छ । विधिवत् रुपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बाबुले कन्यादान दिएपछि विवाह सम्पन्न भएको नेपाल भाषा मंक खल बागलुङले 

बेलविवाहमा दुलाहा मानेर बेलको पूजा गरिन्छ । सर्वगुणसम्पन्न ज्वाइँका रुपमा सुवर्णकुमारका प्रतीक बेलसँग कन्याको विवाह हुन्छ । बिजोर वर्षका साइतमा बेलविवाह हुने गरेको खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । नेवारी समुदायमा भने बेलविवाहलाई इहीयज्ञ भनिन्छ । 

कम खर्चमा एकैसाथ धेरै बालिकाको बेलविवाह गरिन्छ । खलले केही वर्षअघि पनि बेलविवाहको आयोजना गरेको थियो । विवाहको यज्ञ सञ्चालनका लागि काठमाडौँबाट नेवार पुरोहितलाई झिकाइएको थियो । पुरोहितले कलश राखी गणेश, छत्रपाललगायत अन्य देवगणको पूजापाठ गर्छन् । सामूहिक रुपमा गरिने बेलविवाहका लागि कम्तीमा पाँच बालिका आवश्यक पर्ने अध्यक्ष राजभण्डारीले बताउनुभयो । 

“बेलविवाह नेवार समुदायको पुरानो संस्कृति हो,” उहाँले भन्नुभयो, “यसको जर्गेना गर्नु हामी सबैको दायित्व हो ।” बेलविवाहमा बागलुङ सदरमुकामबाहेक गलकोट र छिमेकी जिल्ला म्याग्दीका बालिका पनि सहभागी थिए । आउँदा वर्षमा पनि सामूहिक बेलविवाह आयोजना गरिने खलले जनाएको छ । विवाहको व्यवस्थापनमा बागलुङ कल्याण समाज काठमाडौँले सघाएको थियो ।  – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड