२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दश कन्याको बेलविवाह

२०७५, १५ बैशाख शनिबार ०७:२७

वैशाख १५, बागलुङ | नेवारी परम्परानुसार यहाँका दश कन्याको सामूहिक बेलविवाह (इहीयज्ञ) शुक्रबार सम्पन्न भएको छ । 

बिहीबार शुरु भएको यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ गरेका थिए । नेवार जातिमा बालिका रजस्वला नहुँदै बेलसँग विवाह गर्ने प्रचलन छ । विधिवत् रुपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बाबुले कन्यादान दिएपछि विवाह सम्पन्न भएको नेपाल भाषा मंक खल बागलुङले 

बेलविवाहमा दुलाहा मानेर बेलको पूजा गरिन्छ । सर्वगुणसम्पन्न ज्वाइँका रुपमा सुवर्णकुमारका प्रतीक बेलसँग कन्याको विवाह हुन्छ । बिजोर वर्षका साइतमा बेलविवाह हुने गरेको खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । नेवारी समुदायमा भने बेलविवाहलाई इहीयज्ञ भनिन्छ । 

कम खर्चमा एकैसाथ धेरै बालिकाको बेलविवाह गरिन्छ । खलले केही वर्षअघि पनि बेलविवाहको आयोजना गरेको थियो । विवाहको यज्ञ सञ्चालनका लागि काठमाडौँबाट नेवार पुरोहितलाई झिकाइएको थियो । पुरोहितले कलश राखी गणेश, छत्रपाललगायत अन्य देवगणको पूजापाठ गर्छन् । सामूहिक रुपमा गरिने बेलविवाहका लागि कम्तीमा पाँच बालिका आवश्यक पर्ने अध्यक्ष राजभण्डारीले बताउनुभयो । 

“बेलविवाह नेवार समुदायको पुरानो संस्कृति हो,” उहाँले भन्नुभयो, “यसको जर्गेना गर्नु हामी सबैको दायित्व हो ।” बेलविवाहमा बागलुङ सदरमुकामबाहेक गलकोट र छिमेकी जिल्ला म्याग्दीका बालिका पनि सहभागी थिए । आउँदा वर्षमा पनि सामूहिक बेलविवाह आयोजना गरिने खलले जनाएको छ । विवाहको व्यवस्थापनमा बागलुङ कल्याण समाज काठमाडौँले सघाएको थियो ।  – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै