४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फुलकुमारी महतो मेमोरियल हस्पिटलको चौथो वार्षिकोत्सव सम्पन्न

२३ बैशाख २०७३, बिहीबार ०३:०५

बैशाख २३, सिरहा । फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाको चौथो
वार्षिकोत्सव भव्यताको साथ बुधबार सम्पन्न भएको छ । सिरहाको विभिन्न स्थानमा दर्जनौ निजि अस्पतालहरु
संचालनमा रहेपनि सुविधा सम्पन्न नरहेको भन्दै जिल्लाको उत्तरी क्षेत्र कर्जन्हामा आज भन्दा ठिक ४ बर्ष
पहिलादेखि फुलकुमारी महतो मेमोरियल हस्पिटलले आफ्नो सेवा प्रदान गर्दै आएका छन् । हस्पिटलले चार बर्षको
अवधिमा करीब ५० हजार भन्दा बढी बिभिन्न किसिमका रोगिहरुलाई उपचार गरेको हस्पिटलका जेनरल फिजिसियन डा.
शिब शंकर साहले बताए ।

phul kumari memorial hospital
जसमा बाल रोग र महिला रोग
गरि ५ हजार रोगिलाई उपचार गरेको डा. साहले बताए । बार्षिकोत्सवको अवसरमा हस्पिटलका संचालक डा. उपेन्द्र
महतो समाजिक संजाल स्काइपबाट मन्तब्य दिँदै भने “आफ्नो आमा उपचारको अभाबमा यस संसारबाट बिदा भएकोले
आफुले यहाँ गाँउमा आएर अस्पताल खोलेको छु , आमाको उपचार गाउँमा सम्भब नभएपछि गाउँबाट बाहिर उपचार गर्न
लगने साधन स्रोत नभएकोले आमा यस संसारबाट जानु भयो, त्यसैले आफुले यहाँ कसैको अकालमा जान गुमाउनु नपरोस
उदेश्यले गाँउमा हस्पिटल संचालन गरेको छु ।” हस्पिटलका संचालक महतोको बुबा रामशिष महतोको प्रमुख आतिथ्य
र हस्पिटलका डा. शिब शंकर साहको सभापतित्वमा बार्षिकोत्सब सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञावाली र नेपाल रेड्क्रस
सोसाईटी सिरहाका सभापति राजदेब यादबको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको अस्पतालका कर्मचारी सुरेन्द्र
साहले बताए । कार्यक्रममा विभिन्न राजनिकि दलका प्रतिनिधि, स्थानियबासी, नागरिक समाज, पत्रकार लगायत
बिभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

– राम नारायण पंडित बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता