२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा सहकारी संस्थाको जिम्मा स्थानीय तहलाई

१९ बैशाख २०७५, बुधबार ०९:११

रामबहादुर थापा/वैशाख १९, बागलुङ | जिल्लाका सहकारी संस्थाको सबै जिम्मेवारी स्थानीय तहमा सरेको छ । डिभिजन सहकारी कार्यालयले सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरेको हो । 

अबदेखि सहकारी संस्थाको दर्ता, अनुगमन, नियमन लगायतका काम स्थानीय तहबाटै हुनेछ । संघीयताको कार्यान्वनसँगै सहकारी संस्था पनि स्थानीय तहको मातहतमा पुगेका छन् । 

एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी सोही स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । एक भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी भने प्रदेश सरकारमा हस्तान्तरण हुने उहाँको भनाइ छ । जिल्लामा १२४ सहकारी संस्थाका दई वा दुई भन्दा बढी स्थानीय तह कार्यक्षेत्र रहेकाले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । 

चारसय सत्तरीमध्ये ३४६ सहकारी संस्था स्थानीय तहको मातहतमा रहने भएका छन् । जिल्लामा रहेका चार नगरपालिकामध्ये सबै भन्दा बढी बागलुङ नगरपालिकामा १४५ सहकारी छन् भने गलकोटमा ५३, जैमिनीमा ३७ र ढोरपाटनमा ११ वटा छन् । छवटा गाउँपालिकामध्ये काठेखोला गाउँपालिकाका ४३, बडिगाडका २०, ताराखोलाका १४, निसीखोलाका १०, तमानखोलाका सात र बरेङका सात सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

डिभिजन कार्यालय अन्तर्गत रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी चारै जिल्लाका सहकारी स्थानीय तहमा हस्तान्तरण भइसकेका कारण सहकारी संस्था सम्पूर्ण रुपमा स्थानीय तहको मातहतमा पुगेका उल्लेख गर्दै प्रमुख शर्माले भन्नुभयो, “दर्ता, नियमन लगायतका सबै काम स्थानीय तहबाटै हुन्छ ।” स्थानीय तहलाई सहकारी ऐन र नीति बनाउन सक्ने सम्मको अधिकार दिइएको छ । 

कपितय स्थानीय तहले सहकारी ऐन निर्माण गरेर पारित समेत गरिसकेका छन् । ऐन, नियम निर्माणदेखि सहकारी नियमनका विषयमा डिभिजन कार्यालयले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई अभिमुखीकरण समेत गरेको छ । सहकारी संस्था स्थानीय तहको मातहत रहदा अनुगमन तथा नियमन थप सहज र प्रभावकारी बन्ने ठानिएको छ।

रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड