२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा नारायणी नदीबाट नदिजन्य प्रदार्थ चोरी कार्य तीब्र

२०७५, १९ बैशाख बुधबार १५:३८

श्याम थापा | वैशाख १९, सुस्ता | नवलपरासीमा नारायणी नदीबाट नदिजन्य प्रदार्थ चोरी कार्य अझ तीब्र रूपमा भैरहेको छ ।यतिखेर नवलपरासी बर्दघाट सुस्ता पश्चिम अन्तर्गत सुस्ता स्थित नारायणी नदीबाट गिट्टी,बालुवा र ढुङ्गा अत्याधिक रूपमा चोरी कार्य भैरहेको छ । 

सुस्ता गाउँपालिका स्थित कुडियाको रेवा र नर्सहीको १५ र १६ नम्बरको ठोक्कर क्षेत्रमा पर्ने नारायणी नदिबाट दिनरात गरि १०० देखी २०० सय टाली दैनिकी रूपमा नदिजन्य प्रदार्थ बालुवा,गिट्टी र ढुङ्गा चोरी निकासी भैरहेको सुस्ता गाउँपालिका वार्ड न ३ स्थानीय सुरज केवटले जानकारी दिनु भएको छ । 

नारायणी नदीबाट भैरहेको नदिजन्य प्रदार्थ चोरी निकासीको कार्य भैरहेको भन्दै स्थानीयबासीहरुले नेपाल प्रहरी चौकी कुडिया र नेपाल प्रहरी चौकी नर्सहीलाई पटकपटक खबर गर्दा पनि बेवास्ता गरेको स्थानीयबासीहरुले गुनासो गरेको छन । 

नारायणी नदीबाट नदिजन्य प्रदार्थ बालुवा,ढुङ्गा र गिट्टी दिनरात चोरी निकासी भैरहदा प्रहरी प्रशासनले देखे पनि नदेखेको झै गरेर हिड्ने गरेको र गिट्टी,बालुवा र ढुङ्गा चोरी गर्ने स्थानीय तस्करहरुसंग मिलेर नदिजन्य प्रदार्थ चोरी कार्य गराई रहेको स्थानीय मोहन बिनले बताउनु भयो । 


सो नदिजन्य प्रदार्थ चोरी कार्य स्थानीय तस्करहरुले नजीकको प्रहरी चौकी नर्सही र प्रहरी चौकी कुडियालाई प्रति टाली १०० देखि २०० सयका दरले चौकी इन्चार्जलाई बुझाएर गिट्टी,बालुवा र ढुङ्गा चोरी कार्य गरिरहेको स्थानीयबासीहरुले आरोप पनि लगाएका  छ्न । 

स्थानीय गिट्टी,बालुवा ढुङ्गा तस्करहरुले चोरी गरेको नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गा सुस्ता गाउँपालिकाको छिमेकी गाउँपालिकाका लगायत भारत सम्म लगि प्रति टाली ३५ सय देखि ४ हजार सम्ममा बिक्री गर्ने स्थानीयबासी रामपृत बिनले बताउनु भयो। 

सो नारायणी नदिबाट नदिजन्य प्रदार्थ चोरी निकासी कार्य बारे नर्सही प्रहरी चौकीका इन्चार्ज डम्बर बहादुर क्षेत्रीलाई  पत्रकार श्याम थापाले फोन सम्पर्कमा कुराकानी गर्दा आफुलाई सुस्ता  गाउँपालिकाको वार्ड न ४ का वडा अध्यक्ष अशोक गुरुङ्गले योजनाको काम गर्न परेको हुनाले प्रहरी चौकीबाट कुनै हस्तक्षेप नगरिदिनको लागि आग्रह गर्नु भएको कारणले आफुले नदिजन्य प्रदार्थ निकासी कार्य नरोकेको नर्सही प्रहरी चौकी इन्चार्ज क्षेत्रीले यस्तो बताउनु भयो । सोही बिषयमा पुनः पत्रकार  श्याम थापाले सुस्ता गाउँपालिकाको वार्ड न ४ का वडा अध्यक्ष अशोक गुरुङ्गलाई फोन सम्पर्कमा कुराकानी गर्दा आफुले नारायणी नदीबाट नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गाहरुको चोरी कार्यमा आफुले कसैलाई आग्रह नगरेको र यस बिषयमा आफुलाई केही थाहा नभएको अध्यक्ष गुरुङ्गले बताउनु भयो । 

सो नारायणी नदीबाट भएको नदिजन्य प्रदार्थ चोरी निकासी कार्यले सुस्ता गाउँपालिकाको कुडिया,नर्सही,पक्लिहवा र प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनी,बैदौली,सुर्यपुरा,सोमनी,खैरटहवा लगाएत दर्जनौं वडाहरु डुबानमा पर्ने सम्भावना बढी देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै