२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बालविवाह गर्ने एक जोडी विवाहमण्डपबाटै पक्राउ

२० बैशाख २०७५, बिहीबार ०५:३६

वैशाख २० रोल्पा | रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् । 

बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लागि प्रहरीलाई सहयोगसमेत गरेका छन् । 

बुधबार रोल्पा नगरपालिका–२ ह्वालीमा बालविवाह गरिरहेको एक जोडीलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरी कानूनी उपचारसमेत थालनी गरेको छ । रोल्पा नगरपालिका– २ का १७ वर्षीय राजकुमार खड्काले सोही नगरपालिका–१ हरिगातिनाकी १७ वर्षीया किशोरीसँग बालविवाह गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

स्थानीय बालविवाह न्यूनीकरण सञ्जालले उमेर नपुग्दै विवाह नगर्न पटकपटक सम्झाउँदासमेत नमानेपछि प्रहरीमा उजुरी गरिएको थियो । बालविवाह हुन थालेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि अदालतसमक्ष पेश गरेका छौँ, प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले भन्नुभयो । मुलुकी ऐन बिहेवारी महलअन्तर्गत उनीहरुलाई कारबाही हुन्छ फुँयालले भन्नुभयो । 

बालविवाह गर्ने र गराउने दुवैलाई कानूनी कारबाही गर्ने व्यवस्था भएकाले दुलाहाकी आमा दिलसरी खड्कालाई समेत प्रहरी हिरासतमा राखिएको बताइएको छ । 

विवाह भोजमा संलग्नलाई पनि सोधपुछका लागि बोलाइने प्रहरी नायब उपरीक्षक फुँयालले बताउनुभयो । जिल्लामा बालविवाह भइरहेका बेला प्रहरी र नागरिकको सम्बन्धबाट बालविवाह रोक्न गरिएको यो पहिलो कानूनी प्रयास हो । यसले जिल्लामा दिनानुदिन घटिरहेका बालविवाहका घटना रोक्नसमेत मद्दत गर्ने बताइएको छ । 

सरकारी गैरसरकारी क्षेत्रबाट बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि यसले निरन्तरता पाइरहनु दुःखद् भएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । बालविवाह न्यूनीकरणका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी रहेको आचार्यको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य