२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सार्वजनिक यातायात बन्द

२०७५, २० बैशाख बिहीबार ०७:४७

वैशाख २० दाङ | यहाँका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस व्यवसायी समितिका डिलक्स काउण्टर इन्चार्ज राजु योगीले बताउनुभयो । 

सरकारले आगामी असारदेखि समितिहरू नवीकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका समितिहरूले आजदेखि नै आफ्नो यातायात सेवा रोकेका हुन् । 

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले आजदेखि नै लामो दूरीका सम्पूर्ण सेवा बन्द गरिएको बताउनुभयो । 

“भोलिदेखि हाम्रा बसहरू ग्यारेजमा थन्किन्छन्, त्यसैले आजैदेखि हामीले लामो दूरीका बस सञ्चालनमा रोकेका हौँ,” डायल इञ्चार्ज पुरीले भन्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका कार्यक्रमअनुसार आन्दोलन गर्ने समितिहरुले बताएका छन् । 

त्यस्तै ढुवानी व्यवसायीले पनि हिजोदेखि नै टोकन बन्द गरेका छन् । 

आन्दोलनका कार्यक्रमअन्तर्गत टोकन लिएकाहरुले ढुवानी गर्ने र अन्य गाडीहरु भने बन्द गरिएको राप्ती अञ्चल संयूक्त ट्रक यातायाता व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द्र मजगैयाँले जानकारी दिनुभयो । “छोटो दूरीका गाडी आफूखुशी सञ्चालनमा आएका छन् । दाङमा ढुवानी र यात्रुवाहक सवारीका साधनगरी करीब एक हजार गाडी रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै