२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको एक विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण

२१ बैशाख २०७५, शुक्रबार ०६:३९

वैशाख २१ दाङ | घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ । 

अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक्दा समेत ती जग्गा फिर्ता हुनसकेको छैन । कतिले जग्गा किनबेच गर्छन् तर विद्यालयलाई थाहै हुदैन । आफ्नै जग्गा किनबेच भइरहँदा विद्यालय प्रशासन निरह बनेकाले अतिक्रमित जग्गा फिर्ता गराउन कठिन भएको हो । 

जग्गा फिर्ता गराउन माग गर्दै जिल्ला शिक्षा कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय पुग्दासमेत जग्गा फिर्ता हुननसकेको विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीले बताउनुभयो । 

तत्कालीन नारायणपुर गाविस, त्रिपुर नगरपालिकाबाट सर्वदलीय बैठक गराएर जग्गा फिर्ता गराउने प्रयास भए पनि सफल नभएको बताइएको छ । विद्यालयको ८२ बिगाहा छ कठ्ठा नौ धुर जग्गामध्ये ३५ बिगाह भन्दा बढी जमिन २०३६ सालयता अतिक्रमण हुँदै आएको हो । 

आफ्नै जग्गा उपभोग गर्न नपाउँदा विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन विद्यार्थीबाट सहयोग जुटाउनुपर्ने बाध्यता भएको विद्यालयले जनाएको छ । 

विद्यालयको जग्गा भाडामा लिएका कतिपयले नाफा लिने तर विगत दुई वर्षदेखि भाडा नबुझाएको विद्यालयले जनाएको छ । विद्यालयको ४० जग्गा बिगाहा जग्गा विभिन्न संस्था र व्यक्तिले भाडामा लिएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ