२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

उपराष्ट्रपति मार्फत उपहार भन्दै दोलखामा क्रिस्चियन धर्मको प्रचार (भिडियो सहित)

२०७५, २१ बैशाख शुक्रबार १४:३२

ताराबहादुर महत । बैशाख २१, दोलखा । विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपहार वितरणको नाममा धर्म प्रचारका सामाग्री वितरण गरेको पाईएको छ । 

गत मंगलबार दोलखाको शैलुङ्ग गाउँपालिका वडा नम्बर ८ मा रहेको शारदा माविको भवन उद्घाटन कार्यक्रममा दयाका हातहरु नेपाल नामक गैरसरकारी संस्थाले उपराष्ट्रपति नन्दबहादुर पुन मार्फत शैक्षिक सामाग्री भन्दै बालबालिकाहरुलाई क्रिश्चियन धर्म प्रचारका सामाग्री वितरण गरेको हो । उपराष्ट्रपति पुनले शैलुङ्ग गाउँपालिकाका विभिन्न विद्यालयका आधा दर्जन बढी विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामाग्रीको नाममा धर्म प्रचारका सामाग्री वितरण गर्नुभएको थियो ।


दयाका हातहरु नेपालका परियोजना प्रबन्धक शान्तकुमार भण्डारीका अनुसार संस्थाले गाउँपालिकाका ८ वटा विद्यालयका दुई हजार बढी बालबालिकाकालाई वितरण गर्ने तयारी रहेको छ । सामाग्री वितरण पश्चात्त उपहारका बट्टामा अधिकांश धर्म प्रचारका सामाग्री भेटिएकोले उक्त सामाग्री वितरणमा प्रतिबन्ध लगाईएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँले अनुमतिबिना सामाग्री वितरण गरेको र प्रतिबन्ध लगाईएपछि पनि वितरण गरेको पाईएमा संस्थालाई गाउँपालिकाबाटै हटाउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘पाँच हजार बट्टा उपहार वितरणका लागि ल्याईएको छ भन्ने मलाई जानकारी छ, अझ अरुले त आठ हजार बट्टा ल्याईएको बताएका छन ।’

परियोजना प्रबन्धक भण्डारीकै अनुसार पनि दुई हजार वटा उपहारसहितको बट्टाको मुल्य २० लाख रुपैँया भन्दा माथि हुन जान्छ, जो धर्म प्रचारका लागि खर्च गरिएको छ । नेपाल सरकारको अनुमतिमा उपहार सामाग्री ल्याईएको दाबी गरेपनि गाउँपालिकालाई जानकारी नै नदिई सामाग्री वितरण गर्नुले धर्म प्रचारको उद्धेश्य प्रष्ट भएको छ । कानेट नेपाल नामक संस्थाको सहयोगमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री र खेलौनाहरु वितरण गर्न ल्याईएको प्रबन्धक भण्डारीको भनाई छ । नेपाल सरकारको अनुमति र कर छुटमा ल्याईएको उपहार सामाग्री जिल्ला शिक्षा कार्यालयको अनुमति लिएर बाँडेको संस्थाले जनाएको थियो ।

कार्यक्रमको तालिकामा नै नभएको उपहार वितरण गर्ने काम कार्यक्रमको अन्त्यमा गरिएको थियो । सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किएकोमा चिन्ता व्यक्त गरीरहनुभएका उपराष्ट्रपति मार्फत धर्म प्रचारका सामाग्री वितरण गराईएको हो । सिंगापुर रेडक्रसको आर्थिक सहयोगमा दयाका हातहरु नेपाल नामक संस्थाले २ करोड ५० लाख रुपैँया लागतमा बनाएको १२ कोठे २ तले आधुनिक विद्यालय भवन उद्घाटनका लागि हेलिकप्टर मार्फत उपराष्ट्रपति पुन दोलखा आउनुभएको थियो ।

एक दशक अघि नै नेपाल धर्म निरपेक्ष घोषित भईसकेको भएपनि षडयन्त्रपुर्ण तबरले बालबालिकाको कलिलो मस्तिष्कमा धर्मको बिउ रोप्नुले देशमा धार्मिक द्वन्द्व निम्त्याउने जोखिम नबढ्ला भन्न सकिन्न । पुननिमार्णमा सहयोग गर्ने नाममा आएको गैरसरकारी संस्थाले विकासको आडमा धर्मको खेती गर्नु पशुपतिको जात्रामा सिद्राको व्यापार भनेजस्तै भएको छ । अर्कोतर्फ उपराष्ट्रपति जस्तो विशिष्ठ व्यक्तिले आफूले हस्तान्तरण गर्ने सामाग्रीको बारेमा किन जानकारी राखिएन भन्ने प्रश्न हरेक नागरिकको मनमा उब्जिएको छ । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला