२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाको मृत्युपछि अस्पतालमा तनाव, मन्त्रालयद्धारा छानविन समिति गठन

२१ बैशाख २०७५, शुक्रबार १७:०८

वैशाख २१, सुर्खेत | मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा सुत्केरी हुन आएकी कालिकोटकी एक महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालमा सुत्केरी हुन आएकी कालिकोटको महावै गाउँपालिका–३ का मनिसा सिंहको मृत्यु भएपछि आफन्तले अस्पतालमा नारावाजी गरेका छन् ।

उपचारका लागि विहीबार बिहान कालागाउँस्थित क्षेत्रीय अस्पताल गएकी सिंहको शुक्रबार मृत्यु भएको थियो । डाक्टरको लापरवाहीले सिंहको मृत्यु भएको उनका आफन्तहरुको आरोप छ । सुत्केरी हुने दिन नजिकिए पछि सुरक्षित सुतकेरीका लागि कालीकोटबाट सुर्खेत झरेकी थिईन् । बैशाख १६ गते नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल गएकी सिंहलाई सुत्केरी व्यथा नलागे पछि चिकित्सकको सल्लाहमा घर फर्काइएको थियो ।

मनिसालाई  लिएर उनकी आमा कौशिला शाही विहीबार बिहान पुनः चेकजाँजका लागि क्षेत्रीय अस्पताल पुगेकी थिईन् । ‘सुत्केरी व्यथाको शुरुवाती चरण देखिए पछि छोरीलाई अस्पतालमा ल्याएका हौं’ मनिसाकी आमा कौशीलाले भनिन्, ‘विहीबार दिनभर छोरीको अवस्था सामान्य थियो, साँझ एक्कासी मिजा भन्ने औषधी राखेर छोरीलाई सुई लगाउँदा असहज शुरु भयो र शुक्रबार बिहान मृत्यु भयो ।’ एक छोरा र एक छोरीकी आमा मनिसाको मृत्यु डाक्टर र नर्सहरुको लापरवाहीले भएको कौशिलाको आरोप छ ।


मनिषाको शुक्रबार विहान ६ बजे नै मृत्यु पनि अस्पतालले साढे ८ बजे मात्रै मृत घोषित गरेको थियो । आफन्तले अस्पताल परिसरमा नारावाजी गर्दै प्रशासनमा तालावन्दी समेत गरेका थिए । घटनाको निष्पक्ष छानविनको माग राख्दै आफन्तले दोषी डाक्टर र नर्सलाई तत्काल कारवाहीको माग गरेका छन् । मनिषाको नाकबाट रगत समेत बगेको छ । आफन्तले डाक्टरले जवरजस्ती छातीमा चेप्दा छोरीको नाकबाट रगत बगेको आरोप लगाएका छन् ।

मनिषालाई सास फेर्न अप्ठ्यारो हुँदा नर्सलाई डाक्टरलाई बोलाई दिन आग्रह गर्दा पनि नबोलाएकाले समयमै उपचार नपाएरै छोरीको मृत्यु भएको कौशिलाको भनाई छ । घटनाको बचाउँ गर्दै क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डन डा. डम्बर खड्काले डाक्टर र नर्सहरुको लापरवाहीले मनिषाको मृत्यु नभएको दाबी गरे । खड्काले सुत्केरी वेथा लागि सके पछि एक्कासी फ्युड इम्बोलिजम हुँदा पानी फोक्सोमा प्रवाह भएर मनिषालाई बचाउन नसकिएको उनले बताए । ‘डाक्टरहरु अस्पताल परिसरमै हुन्छौं, कतै अप्रेशन गर्दा पुग्न केही ढिलाई भएको हुनसक्छ’ खड्काले भने, ‘अस्पतालमा आएका विरामीहरुलाई मार्ने हाम्रो उदेश्य हुँदैन तर मनिषाको हकमा फ्युड इम्बोलिजम हुँदा सिपिआर (मुखबाट अक्सिजन दिने  र छातीमा चेप्ने) विधि अपनाइएको हो, आफन्तले थिचेर मारे भन्ने आरोप गलत हो ।’


मनिषाको मृत्यु भए पछि घटनाको वास्तविकता बुझ्न प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही क्षेत्रीय अस्पताल कालागाउँ पुगेका थिए । मुख्यमन्त्रीले पछिल्लो सयम क्षेत्रीय अस्पतालमा एक पछि अर्को घटना हुन थालेपछि सरकारको ध्यानाकर्षण भएको भन्दै घटनाको सत्य तथ्य बुझ्न सरकारले छानविन समिति गठन गर्ने बताएका थिए ।

यसैबीच मनिषाको मृत्युबारे सत्य तथ्य बुझ्न स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरललिष्ट डा. तारा पौडेलको संयोजकत्वमा गठित छानविन समितिमा मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रिता जोशी र एक जना जिल्ला प्रशासन कार्यालयका कर्मचारी रहने छन् । समितिले घटनाको स्थलगत छाविन गरी प्रतिवेदन बुझाउन मन्त्रालयले कार्यादेश दिएको बताइएको छ । शुक्रबार साँझसम्म पनि मनिषाको शव क्षेत्रीय अस्पतालमै राखिएको छ ।  

दुई बच्चा पेटमा मृत, अप्रेशन भएन

क्षेत्रीय अस्पतालमै दैलेखको ठाँटीकाँध गाउँपालिकाका चाकुरी वि.क.को पेटमा दुई बच्चा मृत अवस्थामा रहे पनि अस्पतालका डाक्टरले अप्रेशन गर्न मानेका छैनन् । तीन दिन अघि अस्पतालमा उपचारका लागि भर्ना भएकी चाकुरीको पेटमा बच्चा मृत भएको डाक्टरले नै पुष्टी गरे पनि अप्रेशन नगरेको दुखेसो उनको छ । १७ वैशाखम दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उनका आफन्त हरि वि.क.सहित क्षेत्रीय अस्पताल आएका थिए ।

विहीबार भिडियो एक्सरे गर्दा  दुई वटै बच्चा मृत रहेको अस्पतालले हरिलाई जानकारी गराइसकेका थिए । दुई दिन वित्दा पनि अस्पतालले अहिलेसम्म चाकुरीको अप्रेशन नगरि दिएको हरीले दुखेसो पोखे । अस्पतालले समय लाग्छ भन्दै आफुलाई हप्काएको हरीको भनाई छ । तर अस्पतालले उनको अवस्था जटिल नरहेकाले डाक्टरहरुले निगरानी गरिरहेकाले स्वास्थ्य अवस्था हेरेर शल्यक्रिया गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य