२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगलागि पिडितका लागि राहत लिएर आफै पुगे कर्णालीका मुख्यमन्त्री

२२ बैशाख २०७५, शनिबार १५:०८

दान बहादुर बुढा | वैशाख २२, मुगु | गएको विहिबार आगलागिबाट १७ घर जलेर नष्ट भए पछि घरवास विहिन भएका आगलागि पिडीतका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन | 

जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँमा बिहिवार विहान ९ बजे लागेको आगोका कारण १७ घर जलेर नष्ट भएका थिए । अन्नपात, भाँडा वर्तन लगायत सबै खरानी भए पछि छिमेकीका घरमा आश्रय लिएर बसि रहेका अग्नि पिडीत तिन पछि राहत पाएका हुन । चिउरा, चिनी, चाउचाउ, तेल, पाल, जकेट, कम्बल सिलिपिङ्ग ब्याग, दाल लगायतका राहत सामग्री नेपाली सेनाको हेलिकप्टर मार्फत मुख्य मन्त्री शाही, मुगुबाट प्रतिनीधी सभाका सदस्य गोपाल बम, प्रदेश सभा सदस्य दानसिंह परियार तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किम्री पुगेका हुन । जिल्लाबाट पनि तत्कालका लागि १३ क्वीण्टल चामल, तेल, भाँडा वर्तन, चाउचाउ, औषधी, कम्बल लगायतका सामाग्री पठाईएको छ । 


उद्योग बाणिज्य संघ मुगुले संकलन गरेको ८७ हजार ३ सय ५५ र हाल स्पेनमा रहेका छायानाथ रारा नगरपालिका १३ थार्प गाउँका अक्कल बोहोराले पठाएको २० रकम पनि अग्नि पिडीत परिवारलाई पठाईएको छ भने जिल्ला प्रशासन कार्यालयले तत्काल प्रति परिवार दश दश हजार प्रदान गरेको छ । मुगुम कार्मारोङ्ग गाउँ पालिकाले तिन महिनासम्मका लागि खाद्यन्न व्यवस्था गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर शाहीले बताए ।

हेलिकप्टर व्यवस्था गर्न नै समय लागेकाले राहत सामाग्री आउन ढिलाई भएको र तत्काल खान बस्नको व्यवस्था मिलाईए पनि पिडीतको पुर्नस्थापनाका लागि घर बनाउन्जेलसम्म सरकार लागि पर्ने मुख्य मन्त्री शाहीले बताए । अहिले पिडितका लागि केही राहत व्यवस्था गरिए पनि उनिहरुको पुर्नस्थापना तथा घर निर्माणका लागि अनुदान सहुलियत दलर ऋणको व्यवस्था गर्न सरकारलाई घच्घच्याउने प्रतिनीधी सभा सदस्य गोपाल बमले बताए । आगलागिबाट चार करोड बढि क्षति भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । अहिले अग्नि पिडीतहरुमा वेहोस हुने , बरबराउने, रुने जस्ता समस्या देखा परिरहेको बताईएको छ । पिडीतमा पर्न सक्ने स्वास्थ्य  समस्यालाई मध्य नजर गर्दै औषधी सहित स्वास्थ्यकर्मिको टोली घटना स्थल तर्फ पठाई सकिएको र थप औषधी शनिवार हेलिकप्टरबाट पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


तश्विरमा: अग्नि पिडीतका लागि राहत ल्याएर ताल्च विमान स्थल पुगेको नेपाली सेनाको हेलीकप्टरमा जिल्लामा व्यवस्था गरिएको राहत सामाग्री राखिदै । तस्वीरः दान बहादुर बुढा /सास, मुगु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य