वैशाख २२, काठमाडौँ | यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षसहित ५ पदाधिकारी पक्राउ परेपछि २७ गतेदेखि हुने भनिएको अनिश्चितकालिन यातायात बन्द टरेको छ ।
सरकारले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ पक्राउ गरेको हो ।
आगामी आन्दोलन सहितको छलफलका तयारीका बीच छलफल गरन बसेको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का छन् ।