२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

लाङ्टाङ निकुञ्जको डढेलो नियन्त्रणमा

२४ बैशाख २०७५, सोमबार ०८:५९

वैशाख २४, रसुवा | लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो आज बिहानबाट नियन्त्रणमा आएको छ । 

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि लागेको डढेलो २२ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । 

वन वनस्पति जैविक विविधता संरक्षणका लागि चेतनामूलक सन्देश प्रवाह गर्दै निकुञ्जका बासिन्दालाई कार्यालयले दिने सेवा सुविधासमेत प्रदान गरिरहेको अवस्थामा वन जंगलमा डढेलो लगाई, वन्यजन्तु वन वनस्पतिमा नोक्सान पुर्याउनु आपराधिक क्रियाकलाप भएकाले यस्ता क्रियाकलाप बन्द गरी संरक्षणमा सहभागी भइदिन सबैलाई आग्रह गरिएको निकुञ्जले जनाएको छ । 

डढेलो हाकुबेँसीको त्रिशूली नदी आसपासबाट शुरु भएको थियो । डढेलोबाट २० देखि २५ हेक्टर जंगल नोक्सान भएको बताइएको छ । चराचुरुङ्गीले फूल पार्ने र बच्चा कोरल्ने बेला भएकाले बढी मात्रामा पक्षी मरेका छन् भने वनस्पतितर्फ स–साना बोट बिरुवा नोक्सान भएको रेञ्जर बस्नेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा