२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

लाङ्टाङ निकुञ्जको डढेलो नियन्त्रणमा

२०७५, २४ बैशाख सोमबार ०८:५९

वैशाख २४, रसुवा | लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो आज बिहानबाट नियन्त्रणमा आएको छ । 

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि लागेको डढेलो २२ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । 

वन वनस्पति जैविक विविधता संरक्षणका लागि चेतनामूलक सन्देश प्रवाह गर्दै निकुञ्जका बासिन्दालाई कार्यालयले दिने सेवा सुविधासमेत प्रदान गरिरहेको अवस्थामा वन जंगलमा डढेलो लगाई, वन्यजन्तु वन वनस्पतिमा नोक्सान पुर्याउनु आपराधिक क्रियाकलाप भएकाले यस्ता क्रियाकलाप बन्द गरी संरक्षणमा सहभागी भइदिन सबैलाई आग्रह गरिएको निकुञ्जले जनाएको छ । 

डढेलो हाकुबेँसीको त्रिशूली नदी आसपासबाट शुरु भएको थियो । डढेलोबाट २० देखि २५ हेक्टर जंगल नोक्सान भएको बताइएको छ । चराचुरुङ्गीले फूल पार्ने र बच्चा कोरल्ने बेला भएकाले बढी मात्रामा पक्षी मरेका छन् भने वनस्पतितर्फ स–साना बोट बिरुवा नोक्सान भएको रेञ्जर बस्नेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै