२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा प्रहरीको बिशेष अभियान: सामाजिक बिकृतीविरुद्ध आक्रामक बन्दै

२४ बैशाख २०७५, सोमबार १६:५७

वैशाख २४, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कायम भएसंगै सुर्खेत प्रहरीले अपराधिक गतिविधि रोक्न विशेष अप्रेशन सञ्चालन गर्दै आएको छ । घरेलु मदिरा नियन्त्रणदेखी जुवाडे पक्रन प्रहरीले ‘क्लिन स्वीप अप्रेशन’ नै सञ्चालन गरिरहेका छ । पछिल्लो दश महिनाको तथ्याङ्क अनुसार प्रहरीले ६८ जना जुवाडेलाई पक्राउ गरेको छ । यी मध्य ११ जनालाई अदालतमा मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको छ । जुवा खालबाट मात्रै प्रहरीले नगद रु. १० लाख ३४ हजार ४३० रुपैयाँ र चेक रकम रु. २६ लाख ७५ हजार गरी ३७ लाख ९ हजार ४३० विगो रकम बरामद गरेको छ ।

सुर्खेतमा संस्थागत रुपमा मौलाएको जुवालाई नियन्त्रण गर्न हाल विशेष अप्रेशन प्रहरीले थालेको छ । आईतबार र सोमबार गरी दुई स्थानबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख दुल्लु नगरपालिक–२ का हाल वीरेन्द्रनगर–४ भैरवस्थानमा प्रतिक होटल सञ्चालन गर्दै आएका होटल सञ्चालक ऐन बहादुर शाहीसहित अछाम तुर्माखाँध गाउँपालिका–४ का डेकेन्द्र बुढा, दैलेख चामुण्डा बिन्दासैनी नगरपालिकाका–९ का हर्क बहादुर थापा, दैलेख दुल्लु नगरपालिका–३ का अनिल कार्की र सोही ठाउँका छत्र बहादुर खड्का छन् । प्रहरीले आईतबार मात्रै वीरेन्द्रनगर–९ बस्ने घरधनी कालिप्रसाद शाक्यसहित सोही ठाउँका बल बहादुर राना र दानबहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुबाट प्रहरीले ८३ हजार नगद रकम समेत बरामद गरेको छ ।  जुवाडेको अखडा पत्ता लगाउन सुर्खेत प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएर प्रहरीहरु परिचालन गरेको छ ।

सुर्खेत प्रहरीले आर्थिक वर्ष २०७३।०७४ मा वीरेन्द्रनगरका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको थियो । यी मध्य एक जना विरुद्ध अदालतमा मुद्दा नै दायर गरिएको थियो भने उनीहरुबाट २ लाख ४ हजार पाँचसय विगो रकम प्रहरीले बरामद गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय सुर्खेतको नयाँ नेतृत्वमा एसपी उमाप्रसाद चतुर्वेदीले आएपछि जुवा अखडालाई तोड्न विशेष अप्रेशन नै सञ्चालन गरिरहेका छन् । उद्योगी, व्यापारी, व्यवसायी, दलका नेता तथा प्रशासनका उच्च कर्मचारी पनि जुवा–तासमा सहभागी हुने गरेको प्रहरीले पक्राउ गरेका विभिन्न घटनाहरुबाट पुष्टी भएको छ । यस्ता अवैध खेलमा मदिरा सेवन गरी झगडा समेत हुने गरेको प्रहरी बताउँछ ।

जुवा ऐन, २०२० को दफा २ ले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगको आधारमा बाजी थापी खेलेको कुनै खेल जुवा ठहरिन्छ । दफा ३ अनुसार कुनै व्यक्तिले जुवा खेल्न खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा भोगचलन वा जिम्माको कुनै घर, कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन हुँदैन र जुवा खेलेको ठाउँमा बस्नसमेत हुँदैन भन्ने कानुनमा छ । त्यस्ता कार्य गर्न कसैलाई कुनै किसिमको सहयोग समेत गर्नु हुँदैन । यस प्रावधानविपरीत कार्य गरेमा दफा ४ अनुसार सजाय समेत भोग्नु पर्छ  । जुवा खेलेमा पहिलो पटक दुई सय रुपैयाँ, दोश्रो पटक एक महिनादेखि दुई महिना कैद, तेस्रो पटकदेखि एक वर्ष कैद गर्ने कानुनी प्रवधान छ । घर, कोठामा जुवाको खाल थप्न दिएमा पहिलो पटक तीन सय जरिवाना, दोस्रो पटकदेखि तीन महिनादेखि नौ महिनासम्म कैद गरिने कानुनी प्रावधान छ । जुवा खेल्न खेलाउन सरसापट दिएमा थैली भुस हुनुका साथै थैलीको डेढी जरिवाना हुने प्रावधान छ । दफा ५ अनुसार जुवा खेल्न प्रयोग गरिएका सबै समान जफत गरिन्छ भने कानुनले जुवातासलाई हेर्नसम्म अनुमति दिएको छैन् ।

‘सामाजिक विकृति अन्त्य गर्नु प्रमुख लक्ष्य’


सामाजिक विकृति र लागु औषध नियन्त्रण गर्न क्लीन स्वीप अप्रेशन सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदी बताउँछन् । हिंसा, जुवातास, अवैध घरेलु मदिरा र लागु औषधले समाजमा अपराधका गतिविधि बढ्ने भएकाले विशेष अप्रेशन नै सञ्चालन गरिरहेको एसपी चतुर्वेदीको भनाई छ । ‘वीरेन्द्रनगर प्रदेश राजधानी कायम भएसँगै सामाजिक विकृतिहरुको अन्त्य गर्न हामी विशेष रणनीतिमा लागेका हौं’ एसपी चतुर्वेदीले भने,–‘अवैध घरेलु मदिरा हिंसाको प्रमुख कारकतत्व भएकाले हिंसारहित समाज निर्माण गर्नु हामी सवैको दायित्व हो ।’

आफ्नो कार्यकालमा सामाजमा हुने हरेक खालका अपराधिक घटनाहरु हुन नदिने प्रमुख लक्ष्य रहेका बताएको उनले आम नागरिकलाई प्रहरीको यो अभियानमा साथ दिन आग्रह गरे । जुवातास मात्रै नभई सामाजका हरेक खालका विकृती रोक्न प्रहरी कटिवद्ध रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य