लिफ्ट सिँचाई आयोजना निर्माण कार्य सुरु

Posted on: 04 Apr, 2016

पर्वत, फलेवास र देविस्थानमा लिफ्ट सिचाई योजनको निर्माण कार्य शुरु भएको छ । जिल्ला कृषि बिकास कार्यालय पर्वतको समन्वयमा  करिब १५ लाखको लागतमा उक्त योजना शुरु हुन लागेको हो ।

उक्त क्षेत्रको कृषि उत्पादनमा बृद्धि ल्याउनको लागि  आयोजना शुरु गरिएको हो । सदाबहार कृषक समुहकाका प्रति सदस्य २० हजार, समाजसेवी कमला क्षेत्रीको ५० हजार र स्थानियको जनश्रमदानमा उक्त योजना शुरु हुन लागेको हो । कृषि उव्जनी हुने क्षेत्रका रुपमा फलेवासलाई मानिएता पनि सिचाइको अभावका कारण कृषिमा असर पर्दै आएको छ ।

  देबिस्थान वडा नं ६ कालिगण्डकिको तिरैमा पर्ने दुधेकुनो भन्ने ठाउँमा २५ हजार लिटरको ट्याङकीमा पानी जम्मा गरि लिफ्ट प्रणाली बाट पानि तनी फलेवास वडा नं ६ र ७ मा सिञ्चाई कार्य शुरु गरिने र उक्त आयोजनाबाट १ सय ५० रोपनीमा सिचाइ पुग्ने बुझिएको छ । जसबाट ५० भन्दा बढी घरधुरी लाभान्वीत हुनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!