४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने

२७ बैशाख २०७५, बिहीबार ०८:३०

वैशाख २७ मुस्ताङ | प्रकृतिका मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थल हो । त्यससागै यहाँस्थित मुक्तिनाथ मन्दिर धार्मिक महत्वको धरोहर मानिन्छ । 


हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शनका साथै आसपासका चाँदी जस्तै टलक्क टल्कने हिमशृङ्खलाले मुस्ताङ आन्तरिक एवं बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ । 

मुक्तिनाथसहित कागबेनी, दामोदर कुण्ड, गुम्बा, ऐतिहासिक ठिनी गाउँ र तिब्बती संस्कृतिका जीवन्तस्थलहरू यहाँका प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् । मनोरम दृश्यसहित पदयात्राका लागि ख्याति कमाएको मुस्ताङ पदमार्गको बाहुल्यता भएको स्थान हो । 


छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ र २९ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा २९ गते उहाँले मुक्तिनाथको दर्शन गर्ने कुराले यतिखेर यहाँ चर्चा पाएको छ । मोदीको मुक्तिनाथ दर्शन व्यवस्थित गर्न मुक्तिनाथ मन्दिर रहेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष छेन्तोकछेप्तेन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । 


“समितिले आफ्ना काम तीव्रताका साथ अघि बढाएको छ,” प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भन्नुभयो । समितिको संयोजनमा अहिले सरसफाइलगायत काम भइरहेको छ । मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी प्रजिअ पौडेलको संयोजकत्वमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख रहनुभएको सुरक्षा समितिले सुरक्षा प्रबन्ध गरिरहेको छ । सवारी साधन आवतजावत गर्ने विभिन्न चेक पोष्टमा सुरक्षा निगरानी बढाइएको छ । 

प्रधानमन्त्री मोदी दर्शन गर्न आउने भएसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीको भनाइ छ । पर्यटकले स्नान गर्ने १०८ धारालाई रङरोगन गरिएको छ । मन्दिर परिसरमा सरसफाइ गरिएको छ । 

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणबाट यस क्षेत्रले विश्व पर्यटन बजारमा स्थान पाउने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचन बताउनुहुन्छ । “प्रधानमन्त्री मोदीको भ्रमण हाम्रा लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो । 

जिल्ला समन्वय समितिका सभापति छिरिङल्हामु गुरुङ आफूहरू मोदीको स्वागतको तयारीमा जुटेको बताउनुहुन्छ । मोदीको भ्रमणका क्रममा आउने देशी विदेशी सञ्चारकर्मीले यहाँका सुन्दर दृश्यलाई कैद गरी विश्व पर्यटन बजारमा पुर्याउने उहाँको विश्वास छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ