३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लाका सेवा प्रदाय निकायमा व्यापक भ्रष्टचार रहेको सरोकारवालाको भनाई

२९ चैत्र २०७२, सोमबार ०२:५६

मुलुकमा भ्रष्टचारले चर्चा कमाईरहेका बेला पर्वतको सदरमुकाम कुश्मामा भएको एक अन्तरक्रिया कार्यक्रममा समेत सरोकारवालाहरुले सेवाप्रदायक निकायहरुमा व्यापक भ्रष्टचार भएको भनाई राखेका छन् । आईतवार कुश्माको बन्दना होटलको सभाहलमा जिल्लाका सेवा प्रदायक निकायका केही प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, आमसंचारकर्मीहरु लगायतको एकै थलोमा टेलिभिजन संम्वाद कार्यक्रम भएको थियो ।

संवादको विषय स्थानीय स्तरमा रहेका आर्थिक सामाजिक र साँस्कृतिक अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राही बीच भएको अन्तरसम्वन्ध बारे थियो । यो कार्यक्रमलाई एभिन्युज टेलिभिजनको टेलिभिजन संवाद कार्यक्रममा प्रसारण समेत गरिनेछ । मानवअधिकार तथा नागरिक निगरानी संजाल ईन्सेकको आयोजनामा भएको कार्यक्रममा जिल्लाका तीन वटा गाविसहरु क्याङ, बनौ र बाजुङमा गठन भएको संजालकै गाविसस्तरीय संजालका प्रतिनिधिहरु सहभागी थिए । ती प्रत्येक गाविसहरुबाट तीन जना प्रतिनिधिहरुका दरले कांर्यक्रममा सहभागीता थियो ।

सहभागी प्रतिनिधिहरुले गाविस सचिवहरु गाउँमा नभेटिने र सामान्य सरकारी सेवाका लागि पनि सदरमुकाम आउनु पर्दा सर्वसाधारणले हजारौ रुपैया खर्चिनु परेको गुनासो राखे । क्याङबाट सहभागी भएका गौ बहादुर पुनले शिक्षा, स्वास्थ्य र खानेपानीको असुविधा आफूहरुले व्यहोर्नु परेको भए पनि जिल्लाका सेवा प्रदायक निकायले कुनै चासो नदिएको बताए । सहभागीहरुले लक्षितवर्गको रकमको सहि सदुपयोग नभएको र घरपायक मिलाएर वसेका सामुदायिक विद्यालयका शिक्षकहरुले पठनपाठनमा ध्यान नदिने गरेको समेत भनाई राखेका थिए । कार्यक्रममा सेवाप्रदायक निकायहरु महिला तथा बालबालिका कार्यालय, जिल्ला शिक्षा कार्यालय, कृषि विकास कार्यालयका प्रमुख अधिकृतहरुको सहभागीता थियो ।

जिल्ला विकास समितिको प्रतिनिधित्व सूचना अधिकृतले गरेका थिए । सेवाप्रदायक निकायका अधिकारीहरुले आफ्नो कार्यालयबाट भए गरेका योजना र कार्यक्रमबारे बताई रहदा सहभागीहरुले व्यापक भ्रष्टचार र अनियमितता रोक्न आग्रह गरे । सेवाप्रदायक निकायले यो वा त्यो बहानामा गरेको भ्रष्टचारका विरुद्ध जिल्लाका नेतृत्वले समेत औला उठाए ।

नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, नेकपा माओवादी क्रान्तिकारी संयोजक तेजेन्द्र पौडेल, राप्रपा सचिव ईश्वर गिरीले जिल्लाको भौतिक विकासको योजना र कार्यक्रममा भ्रष्टचार भएको उल्लेख गरे । नेकपा माओवादी क्रान्तिकारीका संयोजक पौडेलले जिल्लाका सभासदहरुले संसद कोषको रकम आफू आपmूले बाँडफाँड गरी भ्रष्टचारलाई बढावा दिएको आरोप समेत लगाए । नयाँशक्ति पार्टीका केन्द्रिय सदस्य महेन्द्रजंग लामिछानेले सवै भ्रष्टचार र विकृति हटाउदै अव आर्थिक क्रान्तिमा नलागेसम्म मुलुकमा राजनीति मात्र गरेर प्रगति केही नहुने भनाई राखे ।

नेपाली कांग्रेस पर्वतका जिल्ला सचिव विश्वप्रकास प्रसार्ईले मुलुकको आर्थिक समृद्धि कुनै एउटा पार्टी र सत्ता पक्षको पहलबाट मात्र संभव नहुने बताउदै सत्ता पक्षले मुलुकको विकास गरेन भन्नु नेपाली कांग्रेसको अवौद्धिकता हुने बताए । सवै मिलेर मुलुकको समृद्धीमा लागे मात्र केही गर्न सकिने सचिव प्रसाईको तर्क थियो । मानवअधिकार तथा नागरिक निगरानी संजाल पर्वतका अध्यक्ष यम बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन ईन्सेक प्रतिनिधि पर्वतका किसोर सापकोटाले गरेका थिए । कार्यक्रममा ईन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलको समेत सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’