१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समाचार प्रभाव –आखिर अभियानको ध्यान गुफामा पुग्यो

३० चैत्र २०७२, मंगलवार ०८:३६

gupteshor gufaपर्वत, सफा कुश्मा अभियानको १९ औं हप्ता पार गर्दा सम्म जिल्लाको कुश्मा बजार क्षेत्रमा मात्रै केन्द्रित बनेको अभियानले अन्ततः जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत ध्यान दिएको छ ।

२० औं हप्ताको अबसरमा मंगलबार गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि अभियान र अभियानकर्ता गुप्तेश्वर गुफामा पुगेका हुन् । पटक पटक साझा सबाल अनलाइन मा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रका दुरदर्शाको बारेका समाचार र सम्पादकीय प्रकाशन भएपछि मात्र अभियनताको नजरमा उक्त क्षेत्रप्रति ध्यान  पुगेको हो ।

पौराणिक तथा धार्मिक महत्व बोकेको गुप्तेश्वर गुफामा पर्यटक तथा भक्तजनको भिड बढेसँगै त्यस क्षेत्रमा बढेको फोहोर र त्यसले पारेको असरबारे समाचार प्रसारण भएपछि मात्र सफा कुश्मा अभियान संचालन गरेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको नेतृत्वको टोली मंगलमबार त्यस क्षेत्रमा पु्गेको हो । बारम्बार गुप्तेश्वर गुफामा जाने तर गुफाको फोहोरको बारेमा बेवास्था गर्ने संस्थाका पदाधिकारी तथा अभियान्तको नजरबाहिर रहेको गुफामा बढेको फोहोर र त्यसले पारेको असरको बारेमा समाचार संप्रेषण गरेपछि अभियानको अबसरमा मंगलबार उक्त क्षेत्रको फोहोर व्यवस्थापन गरिएको हो ।

gufafohar

गुप्तेश्वर गुफा परिसरको फोहो उठाउँदै प्रजिअ झंकनाथ ढकाल

आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा रहेको गुप्तेश्बर गुफामा पर्यटकको आगमनमा बृद्धि गराउने उदेश्यका साथ गुफा बरपर सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको उक्त क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसक्दा त्यसले परेको नकरात्मक प्रभावको अन्त्य गर्नको लागि समेत गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि पुगिएको प्रजिअ ढकालको भनाई थियो ।

गुफापरिसरबाट एक ट्याक्टर फोहोर

धार्मिकत तथा पर्यटकीय क्षेत्रको रुपमा चिनिएको गुप्तेश्वर गुफा परिसरबाट मंगलबाट एक ट्याक्टर फोहोर निकालीएको छ । मंगलबार सफा कुश्मा अभियानको २० औं हप्ताको अबसरमा गरिएको गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापनका क्रममा एक ट्याक्टर फोहोर निस्कीएको हो । उक्त सरसफाई अभियानमा सरकारीकार्यालयका निजामति कर्मचारी, उद्योगी ब्यापारी, बिभिन्न संघसंस्थाको सहभागीता थियो । प्रजिअ ढकालको अगुवाइमा भएको उक्त कार्यक्रमबाट गुफाको मुहार केहि हदसम्मको लागि सफा भएको छ ।

मोदी र कालीगण्डीको बेदना कहिले सुन्ने ?

जिल्लाको कुश्मा बजारबाट निस्कीएको फोहोर मोदी र कालीगण्डकी नदीमा फालिदै आएको छ । जसका कारण धार्मिक तथा पर्यटकीय रुपमा चिनिने उक्त दुई नदी कुरुप र प्रदुषित हुदै गएको छ । बजार क्षेत्रको फोहोर व्यवस्थापनमा शुरु गरिएको अभियानले गुफाको फोहोर व्यवस्थापन गर्नको लागि त आँखा लग्यो अब यी दुई नदीको दुरदर्शा अन्त्य गर्नको लागि कहिले नजर पुर्याउला  ? यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन