२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट तादी गाउँपालिकाको गैरीगाउँ खानेपानी समस्याबाट मुक्त बन्यो

८ जेष्ठ २०७५, मंगलवार ०८:००

जेठ ८, नुवाकोट | खानेपानीको चरम अभावले ‘काकाकुल बस्ती’का रुपमा परिचित यहाँको तादी गाउँपालिका–६ गैरीगाउँमा अहिले चौबीसै घण्टा खानेपानी सुविधा उपलब्ध भएको छ । 

गाउँभन्दा तीन किलोमिटर टाढा रहेको तीन वटा मुहानको पानी संकलन गरी वितरण थालेपछि अहिलेको सुख्खायाममा पनि गैरीगाउँका ११४ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको गैरीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष सीताराम तामाङले जानकारी दिनुभयो । 

सरकारबाट रु १९ लाख ६३ हजार तथा जिल्ला खानेपानी कार्यालय रु १५ लाख ७० हजार अनुदानका साथै स्थानीयवासीबाट रु तीन लाख ९२ हजारबराबरको श्रमदान जुटाइएको उहाँले बताउनुभयो । 

अध्यक्ष तामाङका अनुसार सबैको घरमा एक–एक वटा धारा जडान गरी चौबीसै घण्टा पाउन उपलब्ध गराइएको छ । “सुख्खाबस्ती तर नजिकै पानीको मुहान नहुँदा कष्ट भोग्दै आएका बासिन्दाले पानी सहज भएपछि सरसफाइ, पशुपालन, करेसाबारीमा तरकारी लगाउन थालेका छन् ।” तामाङले भन्नुभयो, “भूकम्पले क्षति पुगेको आवासको पुनःनिर्माणले पनि गति लिन थालेको छ ।” 

उपभोक्ता समितिले पानी प्रयोग गर्ने प्रत्येक उपभोक्ताको धारामा मिटर जडान गरेको छ । न्यूनतम २० युनिटको रु ७५ र त्योभन्दा बढी प्रयोग गर्नेलाई प्रतियुनिट रु पाँच शुल्क लाग्ने नियम बनाइएको समितिका कोषाध्यक्ष कान्छाकाले तामाङले बताउनुभयो । 

उहाँका अनुसार उपभोक्ताबाट उठाइएको शुल्कले खानेपानी वितरण तथा मर्मतसम्भारका लागि चार कर्मचारीको व्यवस्थाका साथै मर्मतका लागि गर्न कोषसमेत खडा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य