२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडिगाड गाउँपालिका अपांगता भएकाहरुको लागि परिचय पत्र वितरण गरिँदै

२०७५, ८ जेष्ठ मंगलवार १६:२४

कमल पौडेल | जेठ ८, बागलुङ (खर्वाङ) | बडिगाड गाउँपालिका, महिला तथा वालवालिका कार्यालय र धौलागिरि अञ्चल अस्पतालको सहयोग तथा अपाङ्गता सरोकार संघको आयोजनामा अपांगता भएकाहरुको लागि परिचय पत्र वितरण शिविर खर्वाङमा सम्पन्न भएको छ । 

सो शिविरमा १ जनालाई क वर्गको, ३ जनालाई ख वर्गको १३ जनालाई ग वर्गको र ७ जनालाई घ वर्गको गरि कुल २४ जनालाई परिचय वितरण गरिएको कार्यक्रम संयोजक राम प्रसाद घिमिरेले वताउनु भयो। त्यस्तै शिविरवाट १२ अपांगता भएकाहरुलाई आवश्यकता अनुसार बैसाखी, ट्वाइलेट चियर, र लट्ठि वितरण गरिएको छ। वडिगाड गाउँपालिका वडा नं. १, २ र ८ का अपांगता भएकाहरु शिविरमा सहभागि भएको आयोजकले जनाएको छ ।


शिविरमा आयोजकको तर्फवाट वोर्ड कमिटि सदस्य विजय कुमार श्रीस, अञ्चल अस्पतालका डा. मंगल वहादुर हेलम्वु, महिला विकास कार्यालयका महिला विकास निरिक्षक सरस्वतीदेवि रेग्मी, रोसनी आचार्य, रश्मी गौतम, नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव सुवास आचार्य, सदस्य अर्जुन कार्कि को सहभागिता रहेको थियो। टोलीले मंगलवार वडिगाड गाउँपालिकाको कार्यालय खार वजारवाट परिचय पत्र वितरण गर्ने वताइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै