२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लाखौँ ठगीको अभियोगमा नुवाकोटका एक सहकारीका अध्यक्ष पक्राउ

९ जेष्ठ २०७५, बुधबार ०९:५४

जेठ ९ नुवाकोट | बचतकर्ताबाट सङ्कलित लाखाँै रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ । 

नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा जिल्ला अदालतमा मंगलबार ठगी मुद्दा दर्ता गरी कारवाहीका लागि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार सहकारीका बचतकर्ता सुजित खड्गे, दुर्गादेवी खड्गे, राममाया थापा र होमबहादुर खड्काले आफूहरुले जम्मा गरेको रु पाँच लाखभन्दा बढी फिर्ता नगरेको र राजन बोगटीले सहकारी संस्थाले आफ्नो करीब दश रोपनी जग्गा सहकारी बैंकमार्फत रु १४ लाख ऋण लिएर लिलामीको अवस्थामा पुर्याएको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा प्याकुरेललाई ठगी मुद्दामा कारवाही थालिएको हो । 

“प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध तीन सयभन्दा बढी बचतकर्ताको करीब रु ६० लाख लामो समयसम्म फिर्ता नगरेको र शेयर सदस्यको शेयरपूँजी अपचलन गरेको अभियोग देखिएको छ,” प्रहरी निरीक्षक शाहले भन्नुभयो, “सहकारीका अध्यक्ष कारवाहीको दायरामा तानिएपछि थप अरूको पनि मिलेमतो पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको छ ।” 

सहकारीका अध्यक्ष पक्राउ परेपछि बचतकर्ता र शेयर लगानीकर्ताले प्रहरीसमक्ष मौखिक र लिखित उजुरी दिने क्रम बढेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य