२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नववर्षको गन्तब्य बन्यो नेपालकै अग्लो पुल

२०७३, १ बैशाख बुधबार १३:२७

पर्वत–बिराटनगरका विकास सेढाईंलाई पर्वत र बागलुङ जोड्ने नेपालकै अग्लो झोलुंगे पुल घुम्ने रहर एक वर्षअघि पलाएको थियो। क्याम्पसको पढाईका कारण त्यो पूरा गर्न सकेका थिएनन्। तर,  बुधबार नयाँ वर्षको पहिलो दिन पुल अवलोकन गर्दा उनी निकै खुशी देखिन्थे।

‘नेपालकै सबैभन्दा अग्लो स्थानमा निर्मित पुल अवलोकन गर्दा मैले सुनेको भन्दा पनि निकै रमाइलो भएको छ’,  पुलकोबीचमा सेल्फी खिच्दै गरेका सेढाईंले भने, ‘अब हरेक नयाँ वर्ष यही अग्लो पुलमा मनाउँछु।’ आफूसँगै स्नातक तहको पढाई सकेका छ जना साथी लिएर एक साताअघि काठमाडौंदेखि भ्रमण सुरु गरेका उनले कालीगण्डकी नदी माथि बनेको पुलमा बसेर वरपरको क्षेत्र अवलोकन गर्दा निकै आनन्द लागेको बताए ।
बिराटनगरकै विवेक श्रेष्ठले एक साताको भ्रमणमध्ये सबैभन्दा रमाइलो नेपालकै पुलको अवलोकन गर्दा लागेको बताए। ‘सञ्चारमाध्यममार्फत समाचार पढेको थिए तर आज प्रत्यक्ष रुपमा पुलको वारपार गर्न पाएको छु’,  उनले भने, ‘अहिले साथीसँग आएपनि अर्कोपटक परिवारलाईसमेत सँगै ल्याउछु ।’

म्याग्दीबाट आएका बिमलरञ्जन कार्कीले लामो समयदेखि नेपालकै अग्लो पुलको अवलोकन गर्ने धोका नयाँ वर्षको पहिलो दिन पूरा भएको बताए । ‘पर्वतसँग जोडिएको जिल्ला भएर पनि नेपालकै अग्लो पुल अवलोकन गर्ने मौका मिलेको थिएन’,  अग्लो पुलमा भेटिएका कार्कीले भने। बेनी नगरपालिकामा कार्यरत उनी बिदाको मौका छोपेर नयाँ वर्षको पहिलो दिन अग्लो पुल अवलोकन गरेका हुन्।

बिमलसँगै अग्लो पुल पुगेका म्याग्दीकै हरि आचार्यले आँफू चार पटक आइसकेको भएपनि पुनः पुलको अवलोकन गर्न इच्छा लागेको बताए । ‘अग्लो पुलमा आएर अवलोकन गर्दा निकै आनन्द लाग्छ, त्यसैले पाँचौ पटक अग्लो पुल घुम्न आएको हुँ’, आचार्यले भने। यता स्याङ्जाबाट आएका कपिल थापाले पुल बनेको खबरसँगै आउने धोका भएपनि नयाँवर्षले जुराइदिएको बताए ।

बिराटनगरका विकास, विवेक, म्याग्दीका बिमल, हरि र स्याङ्जाका कपिल मात्रै होइन नयाँ वर्ष २०७३ सालको पहिलो दिन नेपालकै अग्लो पुल अवलोकन गर्न आउनेको संख्या पाँच हजार भन्दा माथि रहेको नेपालकै अग्लो झोलुंगे पुलसँगै रहेको पिस जोन रेष्टुरेन्ट सञ्चालक राजु सुबेदीको दाबी थियो । ‘बिहान ७ बजेदेखि नै पुलमा चहलपहल निकै छ’, उनले भने,‘आज पाँच हजार भन्दा बढी पुलको अवलोकनै लागि आएको अनुमान गरेको छु ।’ उनले अन्य दिनमा भन्दा नयाँ बर्षको पहिलो दिन बुधबार झण्डै पाँच गुणा ब्यापार बढेको बताए ।

‘ल हेर्नुस् बिहान खाजा खानेदेखि खाना हुँदै अहिले खाजा खानेहरुले सबै कोठाका टेबल प्याक छन’, पुल अवलोकन गर्न आएकालाई खाजा पुर्याउन भ्याइनभ्याई गरेका सुबेदीले भने । उनका अनुसार पहिलो पटक पुलको अवलोकन गर्न आएका धेरै जना परिवार र साथीलाई लिएर पुनः आउने गरेको बताए । ‘एक पटक पुलको अवलोकन गर्न आएका अधिकांश दोस्रो पटक पनि आउने गरेका छन’, उनले भने,‘पहिले साथीसँग आएकाले परिवारलाई लिएर र पहिले परिवारसँग आएकाहरु दोस्रो पटक साथीहरुसँग आउने गरेको पनि भेटेका छौं।’

-नागरिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन