३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शंकर पोखरीमा भिषण आगलागि नियन्त्रण हुन नसकेको स्थानीयको भनाई

३ बैशाख २०७३, शुक्रबार १०:५१

fire at jungleमहेन्द्र जिसी
विहीबार मध्य रातमा सल्केको  आगोले शंकर पोखरी गाविसका  ३ ,४  वडामा फैलिएको राक्से सामुदायी वनको   ५० रोपनी क्षेत्रफल सखाप भएको छ ।  वडाको ४ मा रहेको  कुवा पानी  भन्ने स्थानबाट  सल्केको  आगोले ४ नम्वरको सबै वन सखाप पारेको हो ।   गाविसका दुई सय कुरीयाले उपभोव गर्दैै आएको  वनमा मध्य रातमा आगो देखीएको स्थानीय हरी प्रसाद तिवारीले जानकारी दिनुभयो ।

एक्कासी आगोको मुस्ला देखीएपछि नियन्त्रणमा आँफुहरु लागेपनि आयो बुधबार दिन भर जंगलमा फैलिएर रहेको  तिवारीले बताउनु भयो । नियन्त्रणका लागि शसस्त्र प्रहरी तथा नेपाल आर्मी र स्थानीयको पहल भईरहेको  स्थानीयले बताएका हुन ।  वर्षौ देखी नकाटीएको वन भएका कारण शुकेका मुढा तथा पात र झाडी भएका कारण आगो नियन्त्रणमा आउन  नसकेको हो ।  वन  भिर र पहरामा फैलिएका कारण पनि  आगो  नियन्त्रण असहज भएको स्थानीय युवा रमेश क्षेत्रीले बताउनु भयो ।  स्थानीयका अनुसार बुधबार दिउँसो ३ वजे सम्म पनि नियन्त्रणमा आउन सकेको छ्रैन ।

१२ घण्टा भन्दा बढी समय आगलागी भएपछि वनको ५० रोपनी क्षेत्रफल जलेर नष्ट भईसकेको छ ।  जिल्लामा फाल्गुन महीना लागेसँगै  दर्जन भन्दा बढी स्थानमा  आगलागी भईसकेको भएपनि जिल्ल वन कार्यलयले भने कुनै पुर्व तयारीको थालनी गरेको छैन । कर्मचारीहरुले स्थानीयलाई सजग गराई रहेको जिल्ला वन अधिकृत कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।

नव वर्ष चैते दशैको विदाको अवसरमा आँफु जिल्ला बाहीर भएका कारण आगलागीको कुनै पनि जानकारी नभएको  ढकालले बताउनु भयो ।  । सामुदायीक वनमा आगो लागि भएर अहीले सम्म जिल्लाको  पाँच घर नष्ट भइसकेका छन भने दर्जन भन्दा बढी सामुदायीक वनमा आगोलागि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’