३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदीबेनीका बृद्धहरुलाई सामाग्री वितरण

३ बैशाख २०७३, शुक्रबार १०:५९

milan-f-1-400x343पर्वत, ग्रामिण क्षेत्रको स्वास्थ्य र शिक्षामा निरन्तर सहयोग गर्दै आएको मिलन फाउन्डेसन नेपालद्वारा जिल्लाको कुश्मा नगरपालिका अन्तरगत मोदीवेनी धामका पुजारी सहित १६ जना बृद्ध–बृद्धाहरुलाई एक कार्यक्रमको ओयोजना गरि राहत सामाग्री बितरण गरिएको छ ।
फाउन्डेसनले खोल सहितको सिरानी, गर्मिमा ओढ्ने पातलो ब्लाङकेट, झुल, लुगाधुने साबुन, नुहाउने साबुन, कोलगेट र ब्रस, नङकट, काईयो, कपालमा लगाउने तेल, हातपुच्छने रुमाल र बिस्कुट बितरण गरेको छ ।

यसको साथै कुश्मा स्थित गोपाङघाट गुम्बा, आनन्द गुम्बा र दुर्लुङ भुमेकोटको पुजारीहरुलाई एकरएक थान उपभोग्य सामाग्री बितरण गरिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उदघाटन ८२ वर्षिय आमा साबित्रीलाई उपभोग्य सामाग्री दिई उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रजिअ ढकालले मिलन फाउन्डेसन नेपालले गर्दै आएको उत्कृष्ट कार्यको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान अधिकृत विष्णुहरी पण्डित, नृसिंह मन्दीरका गोपाल दास बैरागी, मोदिकाली बुद्ध सेवा समाज तथा आनन्द गुम्बाका अध्यक्ष धनरास गुरुङ, बौद्ध धर्म सेवा समिति गोपाङघाट गुम्बाका अध्यक्ष दमबहादुर गुरुङ, दुर्लुङकोट ब्यवस्थापन समितिका अध्यक्ष सु. सुकबहादुर गुरुङ, होटल माउन्टेनका संचालक तथा समाजसेवी शान्ता गुरुङ र प्रगतीशिल आमा समुह दुर्लुङका अध्यक्ष धनकुमारी गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

मिलन फाउन्डेसन नेपालका कार्यवहाक अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा स्वागत तथा उद्देश्य माथि प्रकाश मिलन फाउन्डेसन संरक्षक दुर्गा गुरुङ मिलन र कार्यक्रमको संचालन मिलन फाउन्डेशन नेपालका सचिव मदन गुरुङले संचालन गरेका थिए । सोही कार्यक्रममा तिलाहार ५ पर्वतका इन्द्रकला लामिछानेलाइ औषधी उपचारको लागि संरक्षक दुर्गा घोतानेले एक हजार र सक्रिय सदस्य गौरी थापा मगरले पाँच सय पाँच रुपैया प्रदान गरेका थिए । धौलागिरीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’