दुई विद्यालयलाई आर्थिक सहयोग

Posted on: 16 Apr, 2016

पर्वत, जिल्लामा दुई सामुदायिक विद्यालयलाई यहाँका एक शिक्षाप्रेमी तथा समाजसेवीले आर्थिक सहयोग गरेका छन् । भवानी बिद्यापीठ उमावि खानीगाउँ र तिनधारे प्रावि ठानामौलालाई फलामखानी निवासी शेरबहादुर. गुरुङले ५३ हजारका दरले आर्थिक सहयोग गरेका हुन् ।

प्राथमिक तहको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न तथा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि आफु्ले आर्थिक सहयोग गरेको गुरुङले बताए । आगामी दिनमा पनि सहयोग गर्ने बताउँदखै गुरुङले विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि आग्रह गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!