३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वर्ण महोत्सवको आयव्यय सार्वजनिक

४ बैशाख २०७३, शनिबार ११:१२

navajakritumaviपर्वत । जिल्लाको तिलाहार गाविसमा रहेको नवजागृत उमाविले स्वर्ण महोत्सवमा आयव्यय सार्वजानिक गरेको छ । विद्यालय ५१ बर्षमा प्रबेश गरेको सुखद अवसरमा आयोजित स्वर्ण महोत्सवको शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले आय व्यय सार्वजनिक गरेको हो ।

उक्त महोत्सवबाट ५५ लाख ३७ हजार ७ सय ६४ रुपैँया  संकलन भएको र ४२ लाख ३९ हजार ५ सय ३२ रुपैँया खर्च भएको आर्थिक उपसमिति संयोजक हरिबहादुर लामिछानेले आयव्ययको प्रतिबेदन सार्वजानिक गरे । कुल आयबाट  १२ लाख ९८ हजार २ सय ३२ रुपैँया बचत रहेको  र ११ लाख ९० हजार ६ सय ५४ रुपैँया अझै उठ्नबाँकी रहेको लामिछानेले प्रतिबेदनमा उल्लेख छ ।

महोत्सव पौष ११ गते देखि शुभारम्भ भई विविध कार्यक्रम सञ्चालन गरी फागुन १ गते सम्पन्न भएको थियो । स्वर्ण महोत्सवको आयव्यय सार्वजानिक कार्यक्रममा बोल्दै  प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पारदर्शीता नै हरेक क्षेत्रको ऐना भएको बताएका थिए । उनले गोपनियतालाई निश्चित स्थानमा मात्रै सुरक्षित राख्न आग्रह गर्दै सार्वजनिक महोत्सव राख्ने सवै क्षेत्रमा पारदर्शीता नै उच्चतम विधि भएको बताएका थिए ।

उनले भव्य रुपमा स्वर्ण महोत्सव सम्पन्न गरेकोमा आयोजकलाई बधाई ज्ञापन गर्दै शैक्षिक गुणस्तरको क्षेत्रमा प्रभावकारी ढंगबाट लाग्न प्रेरित गरेका थिए ।  मुल आयोजक समितिका संयोजक प्रेम कुमार लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक दिनेश शर्माले सञ्चालन गरेका थिए  भने    विद्यालयका प्रधानध्यापक एवं स्वर्ण महोत्सव मुल आयोजक समितिका सदस्य सचिव विष्णुप्रसाद सुवेदीले प्रस्तुत आय व्यय प्रतिबेदन उपर प्रष्टिकरण मन्तव्य राखेका थिए ।

13014795_1070674096326233_1528679720_n

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’