२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वर्ण महोत्सवको आयव्यय सार्वजनिक

२०७३, ४ बैशाख शनिबार ११:१२

navajakritumaviपर्वत । जिल्लाको तिलाहार गाविसमा रहेको नवजागृत उमाविले स्वर्ण महोत्सवमा आयव्यय सार्वजानिक गरेको छ । विद्यालय ५१ बर्षमा प्रबेश गरेको सुखद अवसरमा आयोजित स्वर्ण महोत्सवको शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले आय व्यय सार्वजनिक गरेको हो ।

उक्त महोत्सवबाट ५५ लाख ३७ हजार ७ सय ६४ रुपैँया  संकलन भएको र ४२ लाख ३९ हजार ५ सय ३२ रुपैँया खर्च भएको आर्थिक उपसमिति संयोजक हरिबहादुर लामिछानेले आयव्ययको प्रतिबेदन सार्वजानिक गरे । कुल आयबाट  १२ लाख ९८ हजार २ सय ३२ रुपैँया बचत रहेको  र ११ लाख ९० हजार ६ सय ५४ रुपैँया अझै उठ्नबाँकी रहेको लामिछानेले प्रतिबेदनमा उल्लेख छ ।

महोत्सव पौष ११ गते देखि शुभारम्भ भई विविध कार्यक्रम सञ्चालन गरी फागुन १ गते सम्पन्न भएको थियो । स्वर्ण महोत्सवको आयव्यय सार्वजानिक कार्यक्रममा बोल्दै  प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पारदर्शीता नै हरेक क्षेत्रको ऐना भएको बताएका थिए । उनले गोपनियतालाई निश्चित स्थानमा मात्रै सुरक्षित राख्न आग्रह गर्दै सार्वजनिक महोत्सव राख्ने सवै क्षेत्रमा पारदर्शीता नै उच्चतम विधि भएको बताएका थिए ।

उनले भव्य रुपमा स्वर्ण महोत्सव सम्पन्न गरेकोमा आयोजकलाई बधाई ज्ञापन गर्दै शैक्षिक गुणस्तरको क्षेत्रमा प्रभावकारी ढंगबाट लाग्न प्रेरित गरेका थिए ।  मुल आयोजक समितिका संयोजक प्रेम कुमार लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक दिनेश शर्माले सञ्चालन गरेका थिए  भने    विद्यालयका प्रधानध्यापक एवं स्वर्ण महोत्सव मुल आयोजक समितिका सदस्य सचिव विष्णुप्रसाद सुवेदीले प्रस्तुत आय व्यय प्रतिबेदन उपर प्रष्टिकरण मन्तव्य राखेका थिए ।

13014795_1070674096326233_1528679720_n

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन