२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माथिल्लो सोलु हाइड्रोपावरको ताला ११ दिनपछि खुल्यो

२०७५, १६ जेष्ठ बुधबार ०५:२९

जेठ १६ सोलुखुम्बु | माथिल्लो सोलु हाइड्रोपावरको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ । 

आयोजनाले पार्टीको नाममा शेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका थिए । आयोजना र स्थानीय प्रभावितबीच विभिन्न विषयमा सहमति भएसँगै ताला खोलिएको सोलुदूधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । 

जिल्लाका तीन ठूला पार्टीको नाममा रु छ करोडको शेयर जारी गरेको भन्दै जनप्रतिनिधिसहितको टोलीले विरोधसहित स्थानीयको नाममा शेयर जारी गर्नुपर्ने एकसुत्रीय माग राख्दै ताला लगाएको थियो । आयोजनाले कुनै पनि पार्टीको नाममा शेयर जारी नगरेको भन्दै मंगलबार भएको सहमतिअनुसार अब जारी हुने शेयर जनताको नाममा हुने सहमति पत्रमा उल्लेख गरिएको छ । 

यस्तै, आयोजनाले अतिप्रभावित र प्रत्यक्ष प्रभावितकालागि संस्थापक शेयरबापत चार लाख कित्ता शेयर वितरण गर्ने, साधारण शेयरसमेत सोलुदूधकुण्ड नगरपालिकालाई नियमअनुसार वितरणका लागि नियामक निकायसमक्ष पहल गर्ने सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । 

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा तथा विभिन्न वडाका वडाध्यक्षसहितको उपस्थितिमा गरिएको सहमति पत्रमा प्रभावितका तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष मिङ्मार शेर्पा र वडा नम्बर ४ का वडाध्यक्ष दावागेलु पाख्रिनले हस्ताक्षर गर्नुभएको छ भने आयोजनाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले हस्ताक्षर गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै