३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-नियमको पालना गर

६ बैशाख २०७३, सोमबार ०३:०६

भनिन्छ कानून भन्दा माथि कोहि छैन चाहे त्यो राजा होस् चाहे त्यो प्रजा नै किन नहोस् कानूनको नजरमा सवै समान र उत्तीकै महोत्वका छन् । कानून विपरीत काम गर्ने कसैलाई पनि छाडिनु पनि हुदैन । जसका लागि सरोकारवाला निकायको विशेष ध्यान जानु आवश्यक छ । जिल्लामा पछिल्लो समयमा कालीगण्डकी नदीको अस्मीतानै लुटेर क्रसर व्यवसायीले कालीगण्डकीमाथि चरम शोषण गरेको सार्वजानिक भएको छ जसमा नागरिक समाज देखि लिएर यहाँका सवै सरोकारवाला निकाय सहमत भएका छन् ।

नदीबाट बालुवा गिटी वा अन्य निर्माणको लागि आवश्यक पर्ने सामाग्री निकाल्नको लागि स्थानिय निकायले अनुमति पनि दिएको छ तर अनुमतिमा  नियम बमोजिम भनिएको छ तर क्रसर व्यवसायी र सम्बन्धीत निकायका ठूलो कर्मचारीविच भएको गोप्प सहमतिलाई भनिएको हो वा कानूनमा उल्लेख भएको कुरालाई भन्न खोजिएको त्यसमा भने दुइ   धार देखिएको छ । जसका कारण पनि क्रसर व्यवसायी नदीलाई रातदिन सवारी साधनको प्रयोग गरेर पटकपटक बलत्कार गरिरहेका छन् । सरोकारवाला निकायका ठूलो ओधाका कर्मचारी र क्रसर व्यवसायीविचको मिलेमतोमा नदीको अस्मीता लुटेर अमिर बन्ने र आफ्नो सपना पुरा गर्ने खेल त भएको छैन भन्ने पनि कतिपयले आँकलन गरेका छन् ।

निर्माण सामाग्रीको लागि नदीबाट बालुवा तथा अन्य निर्माण कार्यका लागि प्रयोग हुने सामाग्री निकाल्नको लागि रोक्नु पनि हुदैन र क्रसर व्यवसायीले नियमलाई पनि उल्लघन गर्नु हुदैन । कानून विपरीत कार्य गर्नेलाई  पैसाको भरमा छोड्नुपनि हुदैन । कानून बमोजिम कारर्वाहीको      दायरामा ल्याउनुपर्छ । सय अपराधी छुटोस तर एक सज्जन व्यक्ति कारवाहीको दायरामा नपरोस् त्यसमा हामीले विशेष ध्यान दिनु आवश्यक छ । जिल्लाका क्रसर व्यवसायीले क्रसर उद्योग चलाउने नाउमा राजनीतिकरण गरी आफ्नो रवैया देखाएका हुन र स्थानिय निकायको पनि त्यसमा कुनै संलग्नता छ की भन्ने पनि आम सर्वधारणमा भएको छ किनकी पैसा दिने अनि कानून बमोजिम कारर्वाही गरेको भनी छोडिदिने गरेका कारण पनि यस्तो प्रश्न उब्जेको हो ।

कानूनको दायरामा ल्याउने निकायनै मौन बस्ने गरेका पनि यस्तो देखिएको हो । पटक पटक क्रसर रातरात नदीको दोहन गरेको भेटिन्छ तर सरोकारवाला निकाय धरौटीमा छोड्छ । सवैलाई कानुनले समान बनाएको छ त्यसकारण कसैले पनि कानून विपरीत कार्य गर्नु हुदैन र गरेको भेटिएमा कार्वाहीको दायरामा ल्याउनु पर्छ । त्यसकारण सत्यतथ्य के हो बाहिर ल्याउनुपर्छ र गलत गर्नेलाई कठघारामा उभाउनु्पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’