२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानका स्थानीय तहहरु बजेट र कार्यक्रम बनाउदै

१७ जेष्ठ २०७५, बिहीबार १२:००

जेठ १७, सल्यान। सल्यानका स्थानीय तहहरुले आर्थीक वर्ष २०७५।०७६ को लागी योजना तर्जुमा प्रक्रिया शुरु गरेका छन् । योजनाहरु कसरि प्रभावकारि बनाउने र जनचाहना अनुसारको बजेट बनाउन भन्दै स्थानीय तहहरु योजना तर्जुमा प्रक्रियामा लागेका हुन् । जस अनुसार कपुरकोट गाउँपालिकाले पनि विहिवारदेखि प्रक्रिया सुरु गरेको छ । राजस्व परामर्श समितीको बैठक बसेर गाउँपालिकाले प्रक्रिया प्रारम्भ गरेको हो ।


बैठकमा आगामी आर्थिक वर्षका लागी करका दायराहरु, राजस्व नीती र चालू आर्थीक वर्षमा आन्तरिक आयको समिक्षा र आगामी वर्षको अनुमान गरिएको राजस्व परामर्श समितीका संयोजक तथा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले जानकारि दिइन्  ।  

चालु आर्थीक वर्षमा ५५ लाख ७० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेकोमा हाल सम्म २९ लाख ५० हजार रुपैयाँ मात्रै जम्मा भएको राजस्व शाखाका प्रमुख विष्णु आचार्यले जानकारि दिएका छन् । उनका अनुसार जिल्ला समन्वय समितीबाट निकासि कर तथा वन रोयल्टी वापतको रकम एवम् मालपोत कार्यालयबाट रजिष्ट्रेशन वापतको रकम जम्मा हुन सकेको छैन ।

बैठकमा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले व्यवशायको क्षेत्रलाइ हेर्ने गाउँपालिकाको नजर एउटै हुने बताउँदै कसैलाइ मार पर्ने नभइ व्यापार व्यवशायलाइ फाइदा पुग्ने गरि गाउँपालिकाले निर्णय गर्ने बताए ।

कपुरकोटमा असार ९ गते गाउँसभा

यसैविच कपुरकोट गाउँपालिकाले आगामी असार ९ गते गाउँसभा बैठक आयोजना गर्नेगरि कार्यतालिका बनाएको छ । यहि जेठ २३ देखि २६ गतेसम्म वस्ती स्तरिय योजना भेला गरिसक्ने, २७ देखि २९ गते सम्म वडा स्तरिय योजनाहरुको प्राथमिकीकरण र २९ गते नै प्राथमिकीकरण भएका योजनाहरु वडा कार्यालयबाट अनुमोदन गर्ने कार्यक्रम रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत जीवराज केसीले जानकारि दिए ।

उनका अनुसार असार ३ र ४ गते विभिन्न विषयगत कार्यालयहरुको बैठक बस्ने छ भने ५ गते श्रोत अनुमान तथा बजेट निर्धारण समितीको बैठक बस्ने छ । यस्तै ६ गते बजेट तथा कार्यक्रम समितीको बैठक बस्ने र ७ गते एकिकृत बजेट तथा कार्यक्रम समितीको बैठक बस्ने केसीले बताए । असार ८ गते कपुरकोट गाउँपालिका गाउँकार्यपालिकाको बैठकले बजेट तथा कार्यक्रम अनुमोदन गर्ने छ भने ९ गतेको गाउँसभा बैठकमा बजेट तथा कार्यक्रम पेश हुने छ ।   

गाउँसभामा पेश गरिएको बजेट तथा कार्यक्रमलाइ असार १० गते सभाबाट स्वीकृत गराउने योजना रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत केसीले जानकारि दिएका छन् । यस विचमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत सहितको उच्त्चस्तरिय टोलिले कपुुरकोट गाउँपालिकाका सबै वडाहरुको सघन अनुगमन गर्ने छ ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य