२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

नौकुण्मा सार्वजनिक सुनुवाई सम्पन्न

२०७५, १८ जेष्ठ शुक्रबार ०४:१३

जेठ १८, रसुवा | अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को आयोजनामा रसुवाको बिकट नौकुण्ड गाउँपालिकको पा¥च्याङमा भूकम्प प्रभावितको अवस्था बारे सार्वजनिक सुनुवाई कार्यक्रम ०७५ जेठ १५ गते सम्पन्न भयो । 

कार्यक्रममा प्रमुख अतिथि नौकुण्ड गाउँ पालिका उपाध्यक्ष सिर्जना लामाले पछिल्लो समय सरकारले लगाएको समयमिा पछि आवास निर्माको कामले गति लिएको बताईन् । उनले ८२ प्रतिसत निजि आवास निर्माण भएको र गुनासो रहेका धेरै लाभग्राहीको नाम चाँढै प्रकाशित हुने जानकारी दिदै शिक्षा क्षेत्रको विकासका लागि १५ जना शिक्षक भर्खर नियुक्ती गरेको , दुर्गम क्षेत्र भएकोले स्वास्थ्य र शिक्षाको समस्या रहेको र क्रमस समाधान गर्दै लगेको उहाँले बताए । उनले भूकम्प पछिको पूननिर्माण समस्यालाई केन्द्रमा राखेर काम गरेको बताईन् । 

नौकुण्डगाउँ पालिका प्रमुख कार्यकारी अधिकृत हरिहर कार्कीले भूकम्प प्रभावितको आवास पुनर्निमार्णका लागि सडक संजाल जोड्न कार्यमा गाउँ पालिकाले सक्दो प्रयास गरेको बताए । कार्यक्रममा धनबहादुर तामाङले आवास निर्माण गर्न काठ नपाएकोले फलाम प्रयोग गर्न बाध्यता भएको बताए । धेरैले किस्ता लिन झण्झट भएको बताए । 

नौकुण्ड गाउ पालिका वडा नं ५ का रामकुमार न्यौपानेले भूकम्पको क्षति रसुवाले बिर्सन नसकेको बताए । अहिले पुननिर्माणको कार्यमा काठ अभावले फलाम प्रयोग गर्न परेको तथा नागरिकले राज्यको रकम दुरुपयोग गरेर १ कोठे घर बनाएको समेत बताए । 

स्थानीय गोमा थापाले पानी र फलामको प्रयोग गरेको बताईन् । कमला तामाले आफुले अझै पनि गुनासो गर्न नपाएकोले के गर्ने भन्ने आन्यौलता रहेको बताईन् । 

सामुदायिक बन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष लीलानाथ न्यौपानेले काठ उपलब्ध गराउन नसकेको बताए । उनले तत्कालीन सरकारले उपलब्ध गराउन नसकेका कारण काठ उपलब्ध नभएको बताए । सामुदायिक वन को बिधान तथा कार्ययोजनाम निर्माणमा ध्यान दिन नसकेका कारण पनि समस्या भएको उनले बताए । 

नौकुण्ड गाउँ पालिका वडा नं ३ का वडा अध्यक्ष मेम्बर सिं तामाङले गुनासोको सिफरिस गरेपनि पुनर्निमार्ण प्राधिकरणले चासो नदिएको बताए । कार्यक्रममा नौकुण्ड ५ का वडा अध्यक्ष गोण्टे ग्याम्दानलगायतकता आफ्नो धारणा राख्नु भयो । 


तस्वीरमा: रसुवाबको बिकट नौकुण्ड गाउ पालिकामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउ पालिका उपाध्यक्ष सिर्जना लामा र प्रमुख प्रशासकीय अधिकृत हरिहर कार्कीलाई नेपाल मानवअधिकार वर्षपुस्तक हस्तान्तरण गर्दै ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी तथा पत्रकार हेमनाथ खतिवडा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै