२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाल्पामा रिजर्भ बस दुर्घटना: १२ को मृत्यु, १५ जनालाई अस्पताल पठाइयो

२०७५, १८ जेष्ठ शुक्रबार ०६:४५

जेठ १८, पाल्पा | पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । 

लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको उक्त बस दुर्घटनामा पर्दा बसमा सवार मध्ये ९ पुरुष र ३ महिलाको मृत्यु भएको छ भने उनीहरुको सनाखत हुन बाँकी छ । 

त्यस्तै बसमा सवार अन्य १५ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । 

रातीदेखि अविरल वर्षातका कारण सडकबाट चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक विनोद घिमिरेका अनुसार बस दुर्घटना स्थलबाट करिब १ सय ५० मिटर तल खसेको छ, बसमा २७ जना यात्रु सवार रहेको जानकारी छ । थप विवरण आउन बाँकी छ । 

- तश्विर: फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते