१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सपनाको हिरोसँग प्रशान्त

७ बैशाख २०७३, मंगलवार ०९:०७

xe7160419f1c3aa314921ff2df647ede6_L.jpg.pagespeed.ic.8dpOLA4SVIकीर्तिपुरस्थित त्रिवि मैदानमा उपस्थित हजारौं दर्शक नेपालको दोस्रो जितको प्रतीक्षामा थिए। तिनैमध्ये १२ वर्षे प्रशान्त न्यौपानेको सपना बेग्लै थियो( सपनाका हिरो कप्तान पारस खड्कासँग भेट्ने, कुराकानी गर्ने र उनीसँग तस्बिर खिचाउने। सोमबार क्रिकेट मैदानमा उनको त्यो रहर त पूरा भयो नै। उनी जसलाई भेट्न पर्वतदेखि धाएर आएका थिए, उसले बनाएको शतकसमेत हेर्ने मौका पाए प्रशान्तले।

नेपालले नामिबियालाई ३ विकेटले हराउँदा पारसले कप्तानी इनिङ खेल्दै शतक बनाएका थिए। खेल जितेपछि पारस साथीहरूसँगै दर्शकलाई अभिवादन गर्न मैदान घुमिरहेका थिए। त्यही मौकामा १२ वर्षेले तस्बिर खिचाए।

सुरुमा उनलाई मैदान छिर्न सुरक्षाकर्मीले दिएन। सुरक्षाकर्मीसँग अनुरोध गर्दै मैदानमा पुगेका प्रशान्तसँग पारसले पनि खुसीसाथ फोटो खिचे। र, पारसले उनलाई डे्रसिङ रुमसम्म लगेर कुराकानी समेत गरे। पारससँग तस्बिर खिचाउने थुप्रै क्रिकेटप्रेमी छन्। तर,प्रशान्त केही भिन्न स्वभावकाभेटिए।

पर्वतको टकलाक गाविसका प्रशान्त दुई वर्षयता पारसको हरेक गतिविधि नियाल्दैछन्। उनले पछिल्लो दुई वर्ष खेलेको खेलको सबै नतिजा ऊसँग छ। पारस बिरामी भएर नर्भिक अस्पताल भर्ना भएदेखि भारत उपचार गराउन गएको मितिसम्म प्रशान्तले कापीमा टिपेर राखेका छन्। पारससँग भेटेर फर्कंदा प्रशान्तको आभा चम्केको देखिन्थ्यो। ’अहिलेसम्म मैदानमा क्रिकेट खेलेको हेर्न पाएको थिइनँ। टिभीमा मात्र पारस दाइले खेलेको हेरेको थिएँ,’ उनले नागरिकसँग भने, ’त्यसैले म आज धेरै खुसी छु।’

पारसले भेटमा राम्रोसँग पढ्न र क्रिकेट खेल्न सुझाएको कुरालाई आफूले हेक्का राख्ने प्रशान्तले सुनाएन। उनको सपना पनि भविष्यमा क्रिकेटर र कृषि विशेषज्ञ बन्नेछ। उनले लक्ष्य सुनाए, ’मेरो लक्ष्य क्रिकेटर र कृषि क्षेत्रमा काम गर्ने छ। फुर्सदको समय कृषिमा दिन सकिन्छ। नेपाल कृषिप्रधान देश हो। अहिले रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ। म कृषि क्षेत्रमा पनि राम्रो गर्ने कोसिस गर्छु।’

केही वर्षअघि नै उनलाई क्रिकेट खेल्ने इच्छा थियो। तर, गाउँमा साथीहरू नहुँदा प्रशान्तको क्रिकेट खेल्ने चाहना पूरा भएको थिएन। त्यतिखेर गाउँमा क्रिकेट खेल हुन्छ भन्ने थाहा नभएको सुनाउँछन् उनी। प्रशान्तले टेलिभिजन हेरेर क्रिकेटबारेमा थाहा पाएका थिए। क्रिकेट खेल हुन्छ भनेर गाउँलेलाई देखाउन कप्तान पारस खड्काको रेकर्डहरू संकलन गर्न थालेको उनले सुनाए। उनले भने, ’मेरो गाउँमा क्रिकेट खेल हुन्छ भन्ने थाहा छैन। त्यही कुरा बुझाउन पारस दाइको रेकर्ड र उहाँको बारे जानकारी बटुल्न थालेको हुँ। पछि साथीहरूले कुरा बुझेका छन्। अहिले हामीसँगै क्रिकेट खेल्ने गर्छौं।’

प्रशान्तका बुबा रुकमांगत अबलांग छन्। छोरा प्रशान्तसँगै उनी सोमबार क्रिकेट हेर्न ह्विलचेयरमा कीर्तिपुर पुगेका थिए।

रुकमांगतको पर्वतमा कृषि फर्म छ। प्रशान्तको क्रिकेटप्रतिको लगाव देखेर कृषिका विद्यार्थी सञ्जय काफ्लेले उनलाई काठमाडौंमा क्रिकेट हेर्ने र पारसलाई भेट्ने चाँजोपाँजो मिलाएका हुन्। भविष्यमा क्रिकेटर बन्ने सपना बुनेका प्रशान्तलाई पारसले ग्लोभ्स उपहार दिएका छन्। त्यो पाउँदा उनी दंग थिए।

प्रशान्तलाई अहिले काठमाडौंमा बस्न पर्वत क्रिकेट र ग्रेट हिमालयन क्रिकेट एकेडेमीले सहयोग गरेका छन्। एकेडेमीका अध्यक्ष सुदीप शर्माले प्रशान्तको क्रिकेट लगावका कारण उनलाई खेल्ने वातावरण मिलाइदिने बताए। उनले भने, ’उनीसँग भेट्दा हामीलाई अचम्म लागेको छ। सानै उमेरमा उनको लक्ष्य सुन्दा छक्क लाग्छ। उनले क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावना छ। उनको चाहना पूरा गर्न हामी सहयोग गर्छौं।’

–नागरिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल