२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका नमूना विद्यालयलाई एघार लाख अनुदान

१८ जेष्ठ २०७५, शुक्रबार ०८:४२

जेठ १८, दाङ | छनोट भएका नमूना विद्यालयलाई दाङ राप्ती गाउँपालिकाले रु एघार लाख अनुदान दिने निर्णय गरेको छ । 

सो गाउँपालिकाका शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । 

गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनिया र नवप्रतिभा आधारभूत विद्यालय पाखापानीलाई नमूना विद्यालयका रुपमा छनोट गरिएको छ । 

नमूनाका रुपमा छनोट भएका प्रत्येक विद्यालयलाई बालविकास कक्षा व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, खेलकूद मैदान, चिल्ड्रेनपार्क निर्माण कार्य र परामर्श सेवा सञ्चालन गर्नका लागिरु ११ लाखका दरले अनुदान दिने निर्णय गरेको गाउँ शिक्षा समितिका सदस्य सचिव राजेन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो । 

बैठकले राप्ती क्षेत्रका विद्यालयमा गर्मी मौसममा बिहानी सत्रमा कक्षा सञ्चालन हुँदा पठनपाठनमा असहजता र विद्यार्थी हित नहुने हुँदा दिवा कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन पनि दिएको छ । 

बैठकले राप्ती गाउँपालिकाभित्रका बालविकासमा शिक्षक छनोट गर्न आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ मा व्यवस्था भएअनुसार शिक्षक छनोट समितिले शिक्षक छनोट गर्ने निर्णय गरेको राप्ती गाउँपालिका गाउँ शिक्षा समितिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ