१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

असार देखि “फोर” जी

८ बैशाख २०७३, बुधबार ०२:५२

पर्वत  काठमाडौं उपत्यका र केहि ठूलो सहरमा परिक्षण गरिरहेको थ्री जि सेवा नेपाल टेलिकमले धौलागिरीका चार जिल्लामा विस्तार गरेको छ ।  धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ’थ्रिजी’ सेवा सुरु भएको हो । नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ’थ्रिजी’ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।
धवलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी २१ ठाउँमा ’थ्रिजी’ सेवा सुरु गरिएको नेपाल टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले जानकारी दिए।  थोरै खर्चमा धेरै र उत्कृष्ठ सेवा उपलब्ध गराउने उदेश्यले यो सेवा टेलिकमले सुचारु गरेको जनाएको छ ।

यसरी सञ्चालनमा ल्याइएका स्थानहरुमध्ये पर्वतको कुस्मा,  बागलुङ जिल्लाको बागलुङ बजार, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम गरी ४ वटा जिल्ला सदरमुकामहरु, पर्वतको पातीचौर र दुर्लुङ्ग , बाग्लुङको बिहुँकोट, दहपानी, थाना, हटिया, हरिचौर, भैरवस्थान, बुर्तिबाङ, अर्गल, म्याग्दीको पुलाचौर तथा मुस्ताङ जिल्लाको कैसाङ, क्याम्प लगायतका गाविसहरुमा थ्री जी मोबाइल सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।  कम्पनीको यो सेवा मार्फत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त भ्वाइस भिडियो च्याट हाइ स्पीड इन्टरनेट सर्फिङ तथा १४ एमबीपीएससम्मको डाटा डाउनलोडका साथै ५.७ एमबीपीएस सम्मको डाटा अपलोड गर्ने सुविधा उपलब्ध हुनेछ ।

यसबाट कम्पनीको सेवाका उपभोक्ताहरु थप लाभान्वित हुने अपेक्षा कम्पनीको छ । आगामी आवमा धौलागिरीका थप ५० स्थानबाट थ्रिजी सेवा विस्तार गर्ने लक्ष्य लिएको टेलिकमले जनाएको छ । हाल धौलागिरी क्षेत्रमा रहेका ८५ जिएसएम विटियसलाई बढाएर आगामी आवमा १ सय २० पु¥याउने टेलिकमले लक्ष्य राखेको छ ।

काठमाडौं उपत्यका लगायत सहरी र अन्य क्षेत्रमा सञ्चालनमा रहेको थ्री जी सेवालाई सुदृढ तथा विस्तार गर्ने कम्पनीको योजना अनुसार हाल उपत्यका बाहिरका सहरी तथा ग्रामीण क्षेत्रका बिभिन्न स्थानहरुमा क्रमिकरुपले सेवा विस्तार गर्दै लगिएको कम्पनीले जानकारी दिएको छ।

धौलागिरीमा नेपाल टेलिकमका झण्डै ३ लाख टेलिकमका सेवाग्रही रहेको बताइएको छ । पर्वत जिल्लामा एडिसीएलका २ सय ८८ जना, पिएसटिएन नेललाइनका १ हजार २ सय ५७ जना प्रयोगकर्ता रहेका छन् भने झण्डै ८० हजारको हाराहारीमा टेलिकमको मोवाइन प्रयोगकर्ता रहेको नेपाल दुरसंचार कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख केशब भुषालले जानकारी दिए ।

जिल्लामा १९ स्थानमा विटिस् राखिएको र कार्किनेटा र थापाठाना समेत राख्ने तयारी भएको उनले जानकारी दिए । कुश्माको लोकतन्त्र चोकमा एटि वाइफाइ रहेको र टेलिकमले जिल्लाका दुरदराजमा समेत आफ्नो सेवा पु¥याउने योजना बनाएको कार्यालयले जनाएको छ ।
थ्री जी सेवालाई जिल्लाभरीनै विस्तार गर्ने योजना     रहेको कार्यालयले बताएको छ ।  स्काइ र नमस्ते मोबाइलमा सेट डाटाबाट नेट चलाउन सकिने भन्दै टेलिकमले डाटा व्याकेज समेत ल्याएको छ ।     डाटा लिनको लागि आफुले लिन चाहेको डाटाको भोलुम उल्लेख गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ । टेलिकमले कर समावेश नगरेको तर १३ प्रतिशत भ्याट पनि लाग्ने जनाएको छ ।

असारदेखि फोर जी

नेपाल दूरसञ्चार प्राधिकरणले फोर्थ जेनेरेसन (फोरजी) मोबाइल असारदेखि सञ्चालनमा ल्याउने भएको छ । ‘टेक्नोलोजी न्युट्रल’ गरेर प्राधिकरणले फोरजी सेवा सञ्चालन गर्ने तयारी गरेको        छ ।
आईपी टेलिफोनी, गेमिङ सर्भिस, भिडियो कन्फरेन्सिङ, हाइ डेफिनेसन मोबाइल टिभी तथा क्याउड कम्प्युटिङ फोरजी सेवाका मुख्य आकर्षण हुन् । ग्राहकले चाहेको नेटवर्क       अपरेटर र फिक्वेन्सी परिवर्तन गरेर सेवा लिन सक्ने प्रविधि ‘टेक्नोलोजी न्युट्रल’ हो । हाल सकेन्ड जेनेरेसन (टुजी) र थर्ड जेनेरेसन (थ्रिजी) सेवा लिएका ग्राहकले सम्बद्ध सेवाप्रदायकबाट फोरजी सेवा इच्छाअनुसार लिन सक्नेछन् ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले टेक्नोलोजी न्युट्रल गरेर १ हजार ८०० र ९०० मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी दिन लागिएको बताए । नयाँ प्रणालीमा गए ७०० वा २ हजार ६०० मेगाहर्ज ब्यान्डमा लाइसेन्स खुला गर्नुपर्छ ।

टेक्नोलोजी न्युट्रल गर्दा हालका सेवाप्रदायकले टुजी र थ्रिजीलाई अहिलेकै पूर्वाधारमा थप विस्तार गरी फोरजीमा अपग्रेड गर्न सक्छन् । नयाँ सेवाप्रदायक ल्याउनुभन्दा पुरानैमा टेक्नोलोजी न्युट्रल गरेर जाँदा सेवा छिटो सञ्चालन गर्न सकिने प्राधिकरणले जनाएको छ ।

“असारसम्ममा टेक्नोलोजी न्युट्रल गरेर जाने वा नयाँ पद्धतिबाट बोलकबोल गराउने भन्ने टुंगो लगाएपछि फोरजी सञ्चालनको बाटो खुल्छ,” प्रवक्ता अर्यालले भने । विश्वमा धेरै देशले सञ्चालनमा ल्याएको फोरजी सेवा भारत र चीनमा पनि प्रयोगमा आइसकेको छ । प्राधिकरणको प्रतिवदेनअनुसार नेपालमा औसत शतप्रतिशत दूरसञ्चार सेवा पुगिसकेको छ । दूरसञ्चार पहुँच बढेकोले फोरजी सेवा सञ्चालनमा ढिलाइ गर्न नहुने सरोकारवाला बताउँछन् ।\

सूचना तथा सञ्चारमन्त्रीको अध्यक्षतामा रहने ‘रेडियो फ्रिक्वेन्सी तथा नीति निर्धारण समिती’ले फोरजीका लागि न्यूनतम कति शुल्क लिने, कस्ता कम्पनी सहभागी हुन पाउने र कुन आधारमा फ्रिक्वेन्सी उपलब्ध गराउने भन्ने विषयमा अध्ययन गरेको छ । प्राधिकरण बोर्ड बैठकमा पनि पटकपटक यी विषयमा बहस भएको प्राधिकरणले जनाएको छ ।

दुई ठूला कम्पनी नेपाल टेलिकम र एनसेलले फोरजी सेवाको लाइसेन्स खुला गर्न तथा फ्रिक्वेन्सी उपलब्ध गराउन माग गर्दै आएका छन्  । एउटै फ्रिक्वेन्सीमा धेरै सेवा दिन मिल्ने गरी बाँडफाँड गर्दा सेवाप्रदायकले बजार माग र समयसापेक्ष सेवा उपलब्ध गराउन सकिने उनीहरूको भनाइ छ । अहिले कतिपय सेवाप्रदायकले फ्रिक्वेन्सी होल्ड गरेका छन् भने कतिपयले पाएका  छैनन् ।

प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले फ्रिक्वेन्सी होल्ड गर्नेलाई कारबाही गर्नुपर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताए । “एउटै फ्रिक्वेन्सीमा धेरै सेवा प्रयोग गर्न दिने व्यवस्था भए टुजी सेवा दिनेले सिधै फोरजी दिन सक्छ, उसले थ्रीजी सेवा नदिन पनि सक्छ,” उनले भने । लगानीका हिसाबले कम पर्ने, धेरै क्षेत्रफल समेट्न सक्ने तथा डेटा सेवाको गुणस्तरमा फोरजीलाई उच्च प्रविधि     मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल