२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

द्वन्द्वकालमा पर्वतमा १ म्याग्दीमा ४ बेपत्ता

२०७३, ८ बैशाख बुधबार ०२:५६

पर्वत  बेपत्ता छानबिन आयोगले बिहीबारदेखि बेपत्ता भएकाहरुको विवरण सङ्कलन सुरु गरेको छ ।     पर्वत जिल्लामा द्वन्द्वकालमा बेपत्ता भएका मध्ये मंगलबारसम्म एक जनाको मात्रै निवेदन परेको छ । भने २ जनाको सत्य निरुपण तथा मेलमिलाप आयोजनामा निवेदन परेको स्थानिय शान्ति समिति जिल्ला शाखा पर्वतमा कार्यालय सचिव किशोर सुवेदीले जानकारी दिए ।
द्वन्द्वकालमा बेपत्ता भएका तथा पीडित बनेका व्यक्तिहरुको निवदेन दर्ता गर्ने प्रक्रिया चलेता पनि धेरैले निवेदन पत्र लगेको तर जम्मा एक जनाको वेपत्तामा निवेदन परेको उनको भनाई छ ।    जिल्लामा उपलब्ध भएको तथ्याङक अनुसार ९१ जनाको मृत्यु भएको उल्लेख      छ ।

त्यस्तै मुत्यु भएका सर्वसाधरणका एकल महिला १५, अपाङ्गता बनेका ३४ जना जसमध्ये २३ जनाले राहत पाएका छन् । त्यसैगरी घाइते ५३ मध्ये ९ जनाले राहत पाएको, बेपत्ता १० मध्ये २ जनाले राहत, विस्थापित १ सय ५ मध्ये १८ ले राहत, टुहुरा बालबालिका ९ जनामा २ ले राहत,  व्यक्तिगत सम्पत्ती क्षती ६९ मध्येमा ५३ ले राहत, सरकारी संरचना क्षती २१,जर्वजस्ती कैद वा हिरासतमा ३७ जना रहेको शान्ति समितिले जनाएको छ ।

यता म्याग्दी जिल्लामा उपलब्ध तथ्याङ्कअनुसार बेपत्ताको सूचीमा बरङ्जा गाविसका दिलबहादुर थापा, ताकम–५ का रेशम मगर, बेगखोला–२ का श्यामप्रसाद रुचाल र तामबहादुर पुर्जा छन् ।  थापालाई सुरक्षा फौजले स्याङ्जा चित्रेभन्ज्याङबाट माओवादीको       आरोपमा बेपत्ता बनाएको थियो ।

  उनको हत्या भएको हुन सक्ने भए पनि कहाँ र कहिले भन्ने बारेमा अझै पत्ता लाग्न सकेको छैन । पश्चिम म्याग्दीको ताकमका मगरलाई छिमेकी देवीस्थान गाविसबाट माओवादी फौजले आन्दोलनमा सहभागी हुन लगेदेखि उनी सम्पर्कमा छैनन् ।  माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनका क्रममा बेपत्ता भएकाको लिखित उजुरी सङ्कलन      भइरहेको छ । तथ्याङ्क सङ्कलन भएपछि यहाँ समेत बेपत्ता भएकाको खोजी सुरु भएको   छ ।

जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समिति र गैरसरकारी संस्थाले तथ्याङ्क सङ्कलन गरेपछि राहतसहितको आधारभूत सुविधाबाट वञ्चित बेपत्ताका परिवारमा केही आशा पलाएको छ । शान्ति प्रक्रियामा आएपछि माओवादी नेताले समेत फरक फरक भनाइ सार्वजनिक गर्ने गरेकाले पनि मगरको अवस्था रहस्यमय बनेको छ ।त्यस्तै रुचाल २०६० साल चैत ७ गते म्याग्दी आक्रमणमा सदरमुकाम बेनीबाट बेपत्ता भएको स्थानीय शान्ति समितिका पूर्व अध्यक्ष देवेन्द्र केसीले बताए ।

रुचाल भिडन्तमा मारिएको हुन सक्ने आशङ्का गरिएको छ तर पनि त्यसको पुष्टि अझै भएको छैन । तत्कालीन समयमा माओवादीका र बेवारिस शव कालीपुलस्थित पक्की पुलमा गाडिएको थियो । पुर्जा दोस्रो जनआन्दोलनमा बेनीबाट बेपत्ता भएका थिए राजनीतिक दलको आन्दोलनको दिन उनलाई गाउँलेले देखे पनि त्यसपछि कसैले देखेका छैनन् । जनआन्दोलनमा  राज्यपक्षबाट कसैलाई पनि नियन्त्रणमा लिएर राखेको देखिएको थिएन भने आन्दोलनमा समेत कोही पनि गम्भीररुपमा घाइते समेत भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ