३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-जिल्लाको गौरव

९ बैशाख २०७३, बिहीबार ०३:५२

मन्त्रिपरिषद बैठकले मंगलबार कूटनीतिक सेवा (परराष्ट्र) बाट ८    र विभिन्न राजनीतिक दलको भागबन्डाका आधारमा १३ गरी २१ जनाको नाम   राजदूतमा सिफारिस गरेको हो। परराष्ट्र सेवाबाट वरिष्ठताका आधारमा ८ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको छ भने अन्य १३ जना बिनामापदण्ड पार्टीमा आबद्ध रहेकै आधारमा सिफारिसमा परेका छन् । राजदूतमा सिफारिस हुनेमा ३ जना पूर्वमन्त्रीसमेत रहेका छन् भने दूतावास नै नखोलेको देश अस्ट्रियाको लागि समेत राजदूत सिफारिस गरेको छ भने ’रिक्त रहेको ओमानका लागि भने राजदूत सिफारिस गरिएको छैन ।

सरकारले बिनामापदण्ड, राजनीतिक भागबन्डाका आधारमा २१ जनाको नाम राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । सरकारले पहिलोपटक यति ठूलो संख्यामा एकैपटक राजदूतको नाम सिफारिस गरेको हो । यस पटक राजदुत नियुक्त मा पर्वतबाट दुइ जना सिफारिसमा परेका छन् । बाजुङ पर्वतमा त्रिभुवन विश्व बिद्यालय मानविकी संकाय अन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध बिभागका निर्देशक डा. खड्क केसी एमालेको कोटाबाट जापानका लागी नयाँ राजदूतमा र  कुर्घा निवासी राईजिङ नेपालका प्रधान सम्पादक युवानाथ लम्साल डेनमार्ककालागि एमाओवादीबाट राजदूतमा सिफारिस भएका छन् ।

त्यसैगरी परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी– बेलायत, रमेश खनाल–जर्मनी, झविन्द्र अर्याल–इजिप्ट,लोकबहादुर थापा–बेल्जियम, प्रकाश सुवेदी–अस्ट्रिया,  सेवा लम्साल अधिकारी –पाकिस्तान,  ताराप्रसाद पोखरेल– ब्राजिल , ऋषि  घिमिरे–म्यानमारका लागि चयन भएका छन् । त्यस्तै भागवण्डाको आधारमा एमालेबाट  महेन्द्रबहादुर पाण्डे – चीन, युवराज कार्की –दक्षिण कोरिया, नारद भारद्वाज – श्रीलंका, शिवमाया तुम्बाहाम्फे –इजरायल। अलि अख्तर मिकरानी – साउदी अरब रहेका छन् भने एमाओवादीबाट, लक्की शेर्पा –अस्टूेलिया, पदम सुन्दास–बहराइन, महेन्द्र सिंह–कतार रहेका छन् । त्यस्तै राप्रपा नेपालबाट निरञ्जन थापा – रुस, भरतबहादुर       रायमाझी – युएई,  खगेन्द्र बस्नेत– बंगलादेशका लागि सिफारिसमा परेका हुन् ।

राजनीतिक भागवण्डा होस या अन्य क्षेत्रबाट भएता पनि जिल्लाबाट पहिलो पटक दुइ जना राजदूतको लागि सिफारिस हुनु जिल्लाको लागि गौरवको विषय हो । नेपालको अन्य राष्ट्रसँगको सम्बन्ध सुमधुर बनााउनको लागि सिफारिसभएका राजदूतले रचानात्मक भूमिका निर्वाह गर्न सकेमा देशका विकासमा समेत केहि हदमा सहयोग पुग्ने देखिन्छ । जापान र डेनमार्कका लागि सिफारिस भएका केसी र लम्सालले पार्टीको कोटाको आधारमा राजदूतको सिफारिस पाएता पनि जिल्लाको एउटा गौरव बढाएका छन् भने यसलाई अझै शशक्त रुपमा लागेर देश र जिल्लाको नाम राख्न सक्नेछन् भन्ने विश्वास छ ।

हालसम्म राजदूत नियुक्तिमा जिल्लाबा पर्न सफल नभएता पनि यो बर्ष जिल्लाबाट दुइ देशका लागि राजदूत सिफारिस हुनु आफैमा गौरवको विषय हो । देश र विदेशमा रहेका नेपालीको समस्याको पहिचान र अन्तराष्ट्रिय जगतमा कुटनीतिक पहलका साथ राष्ट्रको लागि हितकारी कार्य गर्न सक्षम हुन् । नेपालीको गौरव अझै बढाउन सकुन यहि शुभकामना

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’