३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मालपोतले ग¥यो लक्ष्यभन्दा दोब्बर कारोबार

१० बैशाख २०७३, शुक्रबार ०४:०८

index महेन्द्र जिसी, जिल्ला मालपोत कार्यलय पर्वतले  गत आर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर प्रगती भएको जनाएको छ ।  विभागले तोकेको वार्षिक लक्ष्य भन्दा कारोवार बढेका कारण  दोब्बर प्रगती भएको हो  । कार्यलयले  गत वर्षमा वार्षिक लक्ष रजिष्टेशन भन्दा बढी  प्रगती गरेको छ ।  कार्यलयका अनुसार आर्थिक वर्ष ०७२÷०७३ को श्रावण महीनामा ९ लाखको लक्ष्य रहेकोमा २५ लाख  १६  हजार पाँच सय ३० संकंलन भएको छ ।

जुन २ सय ७९ दशमलव ६१ प्रतिशत प्रगती हुन आँउछ । त्यसै गरी कार्यलयले  रजिष्टेशन शुल्क वापत  भदौ महीनाको ८ लाख ८० हजार लक्ष्य रहेकोमा  २५ लाख ६६ हजार १ सय ४९ राजस्व संंकलगन गरेको हो । कार्यलयका अनुसार  आश्वीनको ११ लाख  ५० हजार लक्षमा  १८ लाख ७१ हजार ६ सय ११ प्रगती गरेको छ । कार्यलयले कार्तिक महीनामा भने  लक्ष्य अनुसार प्रगती  गर्न सकेको छैन ।

१८ लाख ५० हजारको लक्ष्यमा जम्मा १७ लाख ८४ हजार ४ सय ३० मात्र  प्रगती भएको छ ।  कार्यलय  प्रमुख सुरण पौडेलका अनुसार  विभागले तोकेको  दुई करोड दुई लाख ३० हजार  लक्ष्यमा चैत्र मसान्त सम्म दुई करोड दश लाख ६५ हजार ४ सय राजस्व संकलन भईसकेको हो ।

कार्यलयको मासीक प्रगती अनुसार  मंसीर महीनाको लक्ष्यमा  १८ लाख ५० हजार रहेकोमा १८ लाख ७१ हजार तीन सय ८९ रहेको छ । त्यस्तै गरी  पौषको ३७ लाख लक्ष्यमा २३ लाख ५९ हजार ८०  र माघको १८ लाख ५० हजार लक्ष्यमा २० लाख ४६ हजार ३८ रुपैयाँ प्रगती भएको हो । त्यस्तै फाल्गुनको  २० लाख ५० हजार लक्ष्यमा २६ लाख ५८ हजार ६ सय ३२ र चैत्रको २५ लखा ५० हजार लक्ष्यमा ३३ लखा ९१ हजार ६ सय ३७  प्रगती भएको कार्यलयले बताएको छ । कार्यलयले आर्थिक वर्षको बाँकी चार महीनामा सोही गतीमा कारोवार भएमा  लक्ष्य भन्दा दोब्बर प्रगती हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’