३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रानीपानीमा विपद व्यवस्थापन समिति गठन

१० बैशाख २०७३, शुक्रबार ०४:२०

राजकुमार पोखरेल,
पर्वत,विद्यालयमा सम्भावित विपद जोखिमबारे पूर्व तयारी र विपदको समयमा अपनाउनुपर्ने अवस्थाको ज्ञान तथा अभ्यास र शैक्षिक निरन्तरताको लागि पर्वतको रानीपानीमा विद्यालय स्तरिय विपद व्यवस्थापन समिति गठन गरिएको छ । रानीपानी गाविस स्थित जनता निमावीमा उक्त समिति गठन गरिएको हो ।

समितीको अध्यक्षमा किसान बहादुर क्षेत्रि, सदस्य सचिबमा ज्ञान प्रसाद शर्मा, कोषाध्यक्षमा पविता लामिछाने चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिनेश भुषाल, शान्ता शर्मा, हुमकान्त तिबारी, समिर पौडेल, अमर बिक, मिलन काप्ले,सुस्मा पराजुलि, लक्ष्मी पौडेल, लोकराज आर्चाय, हिमलाल पराजुलि, टँकनाथ पराजुलि, लक्ष्मी पौडेल र जानुका शर्मा चयन हुनुभएको छ ।

युरोपियन आयोगको मानविय सहायता र नागरिक सुरक्षा विभागको सहयोग तथा प्लान नेपाल र इन्प्रेड नेपालको साझेदारीमा संचालित बृहद विद्यालय सुरक्षा परियोजना अन्तर्गत उक्त समिति गठन गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष किसान बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्य माथि इन्प्रेड नेपालका सामाजिक परिचालक उदयराज भुषालले प्रकाश पार्नु भएको थियो । उक्त परियोजना जिल्लाका पाँच वटा गाविसमा संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’