२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

जातीय विभेद अझै कायम

२०७५, २२ जेष्ठ मंगलवार ०४:२१

जेठ २२, बैतडी | विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । 

सरकारले जातीय विभेद अन्त्यको घोषणा गरेको १२ वर्ष पूरा भएको अवसरमा सोमबार बैतडीमा गरिएको मिडिया संवाद कार्यक्रमका सहभागीले हरेक सचेत नागरिकले जातीय विभेद अन्त्यको पहल थाल्नुपर्ने बताएका हुन् । 

दलित महिला संघ, बैतडीले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सन्चारकर्मीको सहभागिता थियो । दलित महिला संघ बैतडीका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी प्रमुख अतिथि रहनुभएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी जोशीले अहिले पनि हरेक ठाउँमा विभेद कायम रहेको बताउनुभयो । उहाँले हरेक व्यक्तिको मनमा केही न केही कुराप्रति विभेदको भावना हुने भएकाले सबैले आफ्नो सोच परिवर्तन गर्नुपर्ने बताउनुभयो । 

उहाँले पछिल्लो समयमा जातीय विभेद अन्त्यका लागि मिडियाले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । संघका जिल्ला अध्यक्ष सरस्वती नेपालीले भावी पुस्ताका व्यक्तिले जातीय आन्दोलन गरिरहनु नपर्ने गरी सबैले जातीय विभेदविरुद्ध आवाज उठाउनु पर्ने बताउनुभयो । 

यस्तै, नागरिक समाज, बैतडीका सचिव करन दयालले सबै जनप्रतिनिधि जातीय विभेदविरुद्धको अभियानमा लाग्नुपर्ने सुझाव दिनुभयो । अधिकारकर्मी लामो समयदेखि विभेदविरुद्धको आन्दोलनमा रहेको बताउँदै उहाँले समाजबाट जातीय विभेदको चाँडै अन्त्य हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका दलित जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो । सरकारले २०६३ साल जेठ २१ गतेका दिन जातीय विभेद अन्त्य भएको घोषणा गरेको सम्झनामा बैतडीसहित विभिन्न जिल्लामा कार्यक्रम गरिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा