२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

२२ जेष्ठ २०७५, मंगलवार ०४:३८

जेठ २२, नुवाकोट | सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ । 

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिनेलगायतका बहानामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरेविरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । 

“इमोमार्फत विजयकुमार भन्ने व्यक्तिले फोन र सन्देशमार्फत ठगी गर्ने गिरोहको सदस्य घिमिरेमाथि गरिएको अनुसन्धानको क्रममा थप अन्य व्यक्तिले पनि ठगी गरेको तथ्य भेट्टिने क्रम शुरु भएको छ ।” प्रहरी प्रमुख कुँवरले बताउनुभयो, “सबैजसो बैंकमा खाता खोल्ने र नेपालदेखि भारतसम्म नै सञ्जाल रहेकाले अनुसन्धानको दायरामा धेरैको संलग्नता देखिएको छ ।” 

उहाँका अनुसार पक्राउ परेका घिमिरेको बयानको आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ । 

उनीहरु पक्राउ परेको जानकारी पाएपछि पीडितबाट उजुरी संकलन शुरु गर्ने क्रममा पोखराका अस्मी गुरुङले ‘आफू पनि ठगिएको’ भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ । 

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत चिठ्ठा परेको भन्दै इमोमार्फत यसअघि यहाँको तार्केश्वर गाउँपालिका–१, दाङसिंका दुई युवासँग पनि रु दुई लाख ४५ हजार ठगी भएको थियो । उनीहरुलाई ठगी गर्ने पनि अहिले पक्राउ परेका व्यक्ति नै हुनसक्ने प्रहरीको दाबी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य