पढ्न करिब 1 मिनेट लाग्छ

भास्कर के.सी/जेष्ठ २२ कञ्चनपुर | भिनपा ४ स्थित महेन्दनगरको गल्ली नं. ३ मा रहेको ए वन बरुण नास्ता तथा मिष्ठान होटलको प्रयोगमा रहेको भैरी ग्यासको सिलेण्डर भित्र ४ लि. पानी पाइएको छ ।

ग्यास सकियो भनेर त्यसलाई निकाल्दा भारी लागेपछि चेक गर्दा ग्यास न आएको तर पानी आउन लागे पछि एउटा भाँडामा जम्मा गर्दा ४ लि. पानी आएको होटल सञ्चालक सुरेश पन्तले बताए ।

ग्यास विक्रेता देवल ग्यास एजेन्सीका संञ्चालक मोहित देवलले आफुले १५ वर्ष देखि भैरी ग्यासको व्यापार गर्दै आएको अहिलेसम्म कुनै सिकायत नआएको बताए । यो कम्पनीबाटै सिल लगाएर आउने भएकोले आफुहरुले विक्री वितरण मात्र गर्ने गरेको बताए ।

भैरी ग्यासले पुरानौ ग्यास सिलेण्डर प्रयोग गर्नुका साथै ग्यास कम हुने उपभोक्ताको गुनासो रहेको छ। यसरी एउटा ग्यास सिलेण्डरमा ४ लि. पानी आएमा यसमा लागेको शुल्क कसले तिर्ने साथै ग्यास बेच्नु पर्दा उपभोक्ताको अगाडी नै तोल गरेर बेच्ने व्यवस्था गर्नुपर्ने, यहाँका स्थिानीय एजेन्सीहरुले १, २ के.जी. ग्यास झिकेर आफै सिल लगाएर पनि बेच्ने गरेको एक उपभोक्ताले बताउनु भयो ।