२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका किसानहरु माछापालनमा सक्रिय

२२ जेष्ठ २०७५, मंगलवार ०९:०८

जेठ २२, उदयपुर | पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा चौदण्डीको हँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा हुने गरेको छ । 

सात वर्ष अघि नेपाली सेनाबाट अवकास लिएपछि व्यावसायिक माछापालन थाल्नुभएका कटारी– ३ त्रिवेणीका प्रेमबहादुर तामाङ अहिले वार्षिक रु ६ लाखको माछा बिक्री गर्नुहुन्छ । 

यस्तै, कटारी– ४ सिम्लेका बुद्धिबहादुर माझी स्थानीय सहकारीबाट ऋण लिएर पाँच वर्षदेखि माछापालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु चार लाखसम्मको माछा बिक्री गर्नुहुन्छ । 

त्रियुगा नगरपालिका– ३ बगाहाका राजकुमार चौधरी जिल्ला कृषि विकास कार्यालय र स्थानीय सहकारी संस्थाबाट ऋण लिएर छ कठ्ठा जग्गामा माछापालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । 

जिल्ला कृषि विकास कार्यालयका अधिकृत सतन यादवका अनुसार जिल्लामा कूल माछा उत्पादनमध्ये ६० प्रतिशत कटारी क्षेत्रमा र बाँकी उत्पादन त्रियुगा नगरक्षेत्र, बेलका, चौदण्डी नगरपालिकालगायत क्षेत्रमा हुने गरेको छ । “बजारको समस्या छैन,” उहाँले भन्नुभयो । 

कटारी क्षेत्रमा उतपदित माछा कटारी बजार तथा त्रियुगामा उत्पादित माछा गाईघाट बजारमा बिक्री गरिन्छ । अहिले झण्डै एक सयभन्दा बढी कृषकले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । जिल्लामा कूल ३७ हेक्टर क्षेत्रफलमा माछा उत्पादन हुन्छ । बिगहेड, माकुर, ग्रासहुड, कमन, मुङ्ग्री, माउर र जलकपुर प्रजातिका माछा कृषकले उत्पादन गर्ने गरेका छन् । 

लामो समयदेखि कृषकले परम्परागत रुपमा बेसार उत्पादन गर्दै आएका छन् । चौदण्डी नगरपालिकाको सिद्धिपुर क्षेत्रका कृषकले बेसार उत्पादनबाट वार्षिक रु चार लाखसम्म आम्दानी गर्न थालेका छन् । 

सावा सिद्धीपुरका हर्कबहादुर मगर बीस वर्षदेखि बेसारखेती गर्दैआउनुभएको हो । उहाँले पछिल्लो चार वर्षदेखि आधुनिक रुपमा बेसारखेती गर्न थालेपछि मनग्य आम्दानी गर्न थाल्नुभएको हो । 

विगतमा यहाँका कृषकले परम्परागत स्थानीय जातका बेसारखेती गरेर वार्षिक रु ५० हजारसम्मको आम्दानी गर्ने गरेका थिए । अहिले उनीहरुले बेसारखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । सिद्धिपुरका भगेन्द्र मगर सुगन्धा जातको बेसारखेती गरेपछि विगतको तुलनामा आम्दानीमा वृद्धि भएको बताउनुहुन्छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारी पनि सुगन्धा प्रजातिको बेसारखेती गर्न थालेपछि कृषकको आम्दानी बढेको बताउनुहुन्छ । सिद्धिपुरका २५ घरका कृषकले वार्षिक २५० बोरासम्म बेसार बिक्री गर्ने गरेका छन् । काभ्रेको बनेपाबाट नयाँ सुगन्धा प्रजातिको बेसारको बीउ ल्याएर सिद्धिपुरका ४० कृषकले बेसारखेती गरेका हुन् । उत्पादित बेसार विराटनगरस्थित गोल्छा कम्पनीले खरिद गर्ने गरेको छ । जिल्लाको ४५० हेक्टर क्षेत्रफलमा करीब सात सय मेट्रिक टन बेसार उत्पादन हुने गरेको कृषि कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य