२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-राष्ट्रसेवकको खाँचो

२०७३, ११ बैशाख शनिबार ०४:३४

आजभोली मानिसहरु यती स्वार्थी र लोभी हुन लागे की हरेक कुरामा स्वार्थमात्रै लुकेको भेटिन थालेको छ । चाहे त्यो बाबुआमाले आफ्ना सन्तान र सन्तानले आफ्ना बाबुआमाप्रति गर्ने व्यवहारमा किन नहोस् । हरेक क्षेत्रमा मानिसहरु आफ्नो स्वार्थ खोजिरहेका हुन्छन् । जसका कारण समाजमा भ्रष्टाचार, शोषणा अनियमितता, कालोबजारी झगडा, बैइमान, लगाएतका अनगिन्ती घटनाले प्रथामिकता पाउने गरेका छ । राष्ट्रको सेवा गर्छुभन्दै बाघडोर समालेको राष्ट्रप्रमुखका रुपमा रहेका व्यक्ति हुन वा, कुनै राजनेता, प्रशासनिक क्षेत्रमा अदालका वकिल, प्रहरी, आर्मी , शसस्त्र, व्यापारी कलकार, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, वा कुनै निकाय वा क्षेत्रमा भएका व्यक्ति किन नहुन हरेकको मनमा स्वार्थको भावना मात्रै भएको पाइन्छ । जसका कारण आज देश यीनै दरित्र पापी मन भएकाहरुको पिंजडामा फसिरहेको छ ।

हिजो राजा महेन्द्रले स्वार्थको लागि कु गरे त्यसको अनुसरण राजा ज्ञानेन्द्रले पनि गरे तर त्यसको फल केहि समयको लागि उनीहरुलाई सुख शान्ति, अमनचयन पनि मिल्यो तर अन्त्यमा सारा कुरा गुमाउन बाध्य हुनु प¥यो । आज मानिसहरु धन कमाउनको लागि आफ्नो आफन्त परिवार पनि नभनी रातरात आफ्ु अरबपति हुने सपना देखेको छ जसका कारण हरेक क्षेत्रमा भ्रष्टाचार, शोषण भैरहेको छ । आफ्नै बाउले आफ्नी छोरीलाई दलालको हातमा सुम्पीएको छ, आफ्नै दिदीलाई एक दाइ वा भाईले उसको जिवन नर्ग बनाउनको लागि अनेक जालझेल खेलिरहेको छ । केवल स्वार्थको लागि ।

भनिन्छ नी पाप दुरीबाट कराउँछ एक दिन त्यसको दण्ड सजाय अबश्य भोग्नुपर्छ तर पनि मानिसहरु आफ्नो स्वार्थ र पापको घैटो फुटाउन सकेका छैनन् । अख्तियारले देशका नेता देखि व्यापारी, कर्मचारीलाई समातेको छ अभियोग लगाएको छ तर पनि देशमा भ्रष्टाचार न्यूनिकरण हुन सकेको छैन दिनप्रत्येक दिन बढेको छ । देशलाई कंगाल बनाएर आफु र आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ती जोहो गर्नको लागि मानिसहरु तछाडमछाड गरिरहेका छन् । आफ्नो इमान्दारीताको कमाइलाई रातरात गुमाइरुहेका छन् जसका     कारण देशको अर्थतन्त्र खोक्रो बन्दै गैरहेको छ ।

निस्वार्थ भावले देशको सेवा गर्ने सच्चा राष्ट्रसेवकको यहाँ कमिको महसुस भएको छ । हिजो पृथ्वीनारायण शाहले देशको एकीकरण गरेर देश  २२÷२४ राज्यलाई एक बनाए तर आज राजनीतिक दल आफ्नो स्वार्थ      पुरा गर्नको लागि देशलाई विखण्डन बनाउनको लागि तल्लीन भएका छन । विर सपुतले देशको रक्षाको लागि आफ्नो आहुती दिए तर आज मानिसहरु पैसाको लागि र आफ्नो स्वार्थ पुरा गर्नको लागि शहिदको नाम बेचिरहेका छन् । भूकम्प र नाकाबन्दीले थिचिएको देशको मुहार फेर्नको लागि कसैले पनि पहल गरेको छैन । जून जोगी आएपनि कानै चिरेको आम नेपालीलाई भान भएको छ ।

यतिबेला देशको विकास र बर्तमान समस्याबाट मुक्ति ढिलाउदै राष्ट्रनिर्माण र नागरिकलाई सरकारको अनुभूति हुने, तथा भूकम्पपछिको पूर्ननिर्माणमा लाग्ने एक सक्षम र निस्वार्थ भावना भएको राष्ट्र सेवकको आवश्यकता महसुस भएको छ जून अझसम्म प्राप्ती हुन सकेको छैन ।अब नेपालीले सच्चा राष्ट्रसेवकको पहिचान गरी शासक बनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन